आगामी निर्वाचनमा जनताको मन जितेर मत जित्नु पर्छ: काँग्रेस नेता महर

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर–  नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिह महरले आगामि स्थानिय तहकाे निर्वाचनमा जनताहरुको मन जितेर मत जित्ने अभियान लाग्न आग्रह गरेका छन् ।

शनिवार कञ्चनपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जिल्लामा जनताहरुको मन जित्ने अभियानमा लागेर मत जित्न सजिलो हुने भएकाले सबैलाई घरदैलो कार्यक्रममा नताको मन जित्न आग्रह गरेका हुन् ।

तिनै तहको चुनाव जित्नको लागि नेपाली कांग्रेस सबै जनताको घरदैलोमा पुग्ने र आफनो तयारीका साथमा एजेण्डा विषयवस्तु सहित देश भरका ७७ वटा जनताको घरदैलोमा मन जित्ने अभियानमा सरिक भएर सक्रिय रुपमा लागेर जनताको मन जित्ने अभियान शूरु भईसकेको बताए ।

नेपाली कांग्रेसमले आफनो घोषणपत्र पनि निर्माण गर्ने, जस्मा जनताको आवाजहरु समेटेर नै घोषणापत्रको निर्माण हुने बताए । स्थानिय विकासका कार्यहरु सहित राष्ट्रिय जिवनका मुद्धाहरु उठान गर्ने र वडाको समस्याहरु एक किसिमको रहेका छ केन्द्रिको अर्कै छ, त्यसो भएकाले सबै तह र तप्काको समस्यालाई समेटेर निर्माण गरिने घोषणापत्र सहित चुनावमा होमिने बताए ।

आफनो पार्टीले अहिले “निशुल्क स्वास्थ्य ,शिक्षा संगै सर्वशुलभ यातायात ,संचार र उद्यमशिलता रोजगार, जनताको अधिकार , काँग्रेसको सरकार” भन्ने नारा सहित सबैले समुदायमा होमीनु पर्ने बताए ।

अहिले आफनो पार्टीले विषेश गरेर जनताका सामु जाँदै गर्दाखेरी जनातको आवश्यक्ता र जनजिविकाका आधारहरु आफनो प्रमुख विषय भएको र जनताका लागि आफुहरुले गर्नु पर्ने कार्य र आफुले गर्न नसकेका कार्यहरुलाई स्वयम पार्टीले सुधार गरेर लैजानेमा आफु विस्वस्त रहेको र जनताको कुरा सुन्ने मात्र होईन त्यसलाई लागु गर्न र कार्यान्वयन गर्न तर्फ पनि गर्ने अभियानमा काँग्रेस लागेको जिकिर गरे ।

नेकपा एमालेले बिताएको ३ वर्षमा देशलाई आर्थिकभार दिन बाहेक अन्य किासको कुनैपनि कार्य नभएको बताए ।

“यो तिन वर्षले जनतालाई पिरोल्ने काम त भयो नै खर्बाैको भ्रष्टाचारको दलदलमा सरकार फस्यो”, उनले भने, “नेपालको संबिधानलाई जलाउने हर्कत सम्म सरकारले गय्रो, र संबिधानको खिलापमा उल्लंघन हुने गरी संसद बिघटन गरियो,जनतालाई रिणको भारमा एमालेले चुर्लुम्म डुबाएर गयो ”
नेपाली कांग्रेसको गठबन्धन स्थानिय आवश्यक्ता अनुसार अगाडी बढने जिकिर गरे केन्द्रले लादेर मात्रे स्थनानिय साथीहरुलाई मन नपर्न सक्छ, तसर्थ यो एक किसिमको सर्वेक्षण पनि भएकाले पार्टीको स्थिती कस्तो छ, कुन कुन ठाँउमा गठबन्धन गर्न आवस्यक छ, छैन भन्ने समिक्षा पनि गर्न मिल्ने समय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *