रमेश प्रसाद भट्ट/ कञ्चनपुर- नेपाली काँग्रेसका नेता एवं संविधान सभा सदस्य दिवान सिह विष्टले नेपाली काँग्रेस बेलडाँडीको पार्टी कार्यालय उद्घाटन गर्नु भएको छ । बुधबार एक एक विशेष औपचारीक कार्याक्रमका माझ काँग्रेस बेलडाँडी गाउँ कार्य समितिको आयोजनामा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता विष्टले पार्टी कार्यालयको रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
बेलडाँडीको बस पार्कमा आयोजित कार्यक्रममा बेलडाँडी गाउँ सभापति गज बहादुर विष्टको सभापतित्व र संविधान सभा सदस्य दिवान सिह विष्टको प्रमुख आतित्यथामा सम्पन्न भएको कार्यक्रमका विशिष्ट अतिथिमा जिल्ला उप सभापति हरिचन्द्र राना, बन्धु राना, गोपाल सिह गुरुङ्ग, गोवि प्रसाद उपाध्याय रहनु भएको थियो । भने अतिथिहरुमा काँग्रेसका विभिन्न तह तप्काका नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेता विष्टले सम्बोधनका क्रममा पार्टी नेता तथा कार्यकर्तालाई आगामी निर्वानमा नेपाली काँग्रेसको जित गराउन सबैले आफ्नो ठाउँबाट सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले ”अब हुने स्थानिय निर्वाचनमा काँग्रेस पार्टीको नेतृत्व बेलडाँडीमा जित्ने दावी गर्नु हुदै जनताको घर दैलोमा जान कार्यकर्तालाई निर्देशन दिनु भयो ।” उनले भने ‘पार्टीको निर्णयले सबैको सहमतिमा उम्मेद्धवारको टुंगो लाग्ने भएकाले अहिलेनै कसैले पनी उम्मेदवारको दावी नगर्न सबै नेता कार्यकर्तालाई अनुरोध गरे ।’
काँग्रेस नेता एवं महाधिवेशन प्रतिनिधि जनक सिह धामिले बेलडाँडीलाई काँगेसमय बनाउन सबै पार्टी क्रियाशिल सदस्यलाई सक्रिय भएर निर्वाचनको तयारीमा जुटनु पर्ने बताउनु भयो । उनले भने ”बेलडाँडीमा नेपाली काँग्रेसको विकल्प नभएको भन्दै स्थानिय तहको चिर्वाचनमा जनताले काँग्रेसको नेतृत्वलाई विजयी गराउने दावी गरे ।”
कार्यक्रममा बोल्ने अधिकाशं बक्ताको धारण अवको निर्वाचनमा काँग्रेस पार्टीलाई विजयी गराउन कसरी सकिन्छ भन्नेमा सुझावपुर्ण धारणा राखेका थिए । काँग्रेस बेलडाँडीका उप सभापति टिका खड्काको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन भने काँग्रेस बेलडाँडीका सचिव कुलैराज उपाध्यायले गर्नु भएको थियो ।
तस्वीरहरु………




