कञ्चनपुर- बेलडाँडीका काँग्रेसी युवा समाजसेवी गोकर्ण जोशी (निश्चल) ले बेलडाँडी गाउँपालिका-२ मा अवस्थित कञ्चन आधारभूत विद्यालयमा बाल पुस्तकालय स्थापना गरेका छन् । आउदो नयाँ शैक्षिक सत्रबाट विद्यालय प्रथम हुने विद्यार्थीलाई ५ हजार नगद पुरुस्कार दिने घोषणा समेत गरेको युवा समाजसेवी जोशीले बताउनु भयो ।
सो विद्यालयमा कोरोनाको प्रभावको समय भन्दा पहिला वाल पुस्तकालय स्थापना गर्ने विचार बनाएको भएपनी विचमा कोरोनाका कारण कार्य गर्न नसकिएकाले मंगलबार आज काम सफल गर्न सकेको उनको भनाई छ । । एक कार्यक्रमको आयोजना गरी जोशीले बाल पुस्तकालय विद्यालयलाई हस्तान्त्रण गरेका हुन।
उनले भने ”एउटा ब्यक्ति जुन समाजमा जन्मन्छ, हुर्कन्छ, त्यो समाजको उन्नति र प्रगतिका लागी आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्नु उसको जिम्मेवारी हो, उत्तरदायित्व हो ।” उत्तरदायित्व पूरा गर्ने मनोसायका साथ बेलडाँडी गाउँपालिका- २ मा अवस्थित कञ्चन प्राथमिक बिद्यालयमा एउटा थोरै पुस्तकहरु सहित बाल पुस्तकालय स्थापना गर्ने प्रयास सफल भएको छ ।
उक्त प्रयास लाई सफल बनाउन पटकपटक हौसला प्रदान गर्ने सकारात्मक सोचका धनी मित्र सचिन कठायत ज्युले उक्त पुस्तकालयका पुस्तकहरु सुरक्षीत राख्न एउटा दराज,र्याक प्रदान गरि हाम्रो यस प्रयासलाई थप उर्जा प्रदान गर्नु भएकोमा धन्यावाद व्यक्त गरे । साथै केही पुस्तकहरु र हौसलाका साथ हामीलाई साथ दिने युवा समाजसेवी खडक वड ज्युप्रती हार्दिक कृतज्ञता व्यक्त गर्दछु, उक्त कार्यक्रममा हौसला थप्ने समाजसेवीहरु लक्ष्मण भाट, धनसिह मडै, गोपी आउजी र सम्पुर्ण उपस्थित महानुभाव प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ‘उनले भने । उक्त औपचारिक कार्यक्रम स्थानीय जेष्ठ महिला सेतु दमाईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
उनले आगामी दिनमा शैक्षिक जगतलाई सुधार गर्ने सवालमा आफ्ना रचनात्मक कार्य जारी रहने समेत बताएका छन् । उहाँले हरेक समाज र देशको भविष्य शिक्षा संग जोडीएकाले शैक्षिक क्षेत्रको महत्वलाई आफुले राम्रो संग बुझेकाले सक्दो सहयोगको प्रयास रहेने प्रतिवद्धता जाहेर समेत गरेका छन् ।

