नव-दुर्गा महिला संघ बेलडाँडीले भव्य रुपमा ११२औ अन्तराष्ट्रीय नारी दिवस मनायो,, ६५ जना सम्मानीत

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर- नव दुर्गा महिला संघ बेलडाँडीले विभिन्न कार्यक्रम गदै ११२ औ अन्तराष्ट्रीय नारी दिवस भव्य रुपमा सम्पन्न गरेको छ । मंगलबार बेलडाँडीको रौलेश्वर आदर्श जनता बहुमुखि क्याम्पसमा एक विशेष समाहरोका विच कार्यक्रम सम्पन्न गरेको हो ।

नारी दिवसको अवसरमा गाउँपालिका भित्रका ६१ बृद्ध महिला, महिला हक हितका लागि उलेख्य योगदान पुर्याउनु हुने २ स्वास्थ्यकर्मी, महिला हक हितका सवालमा कलम चलाउने एक जना पत्रकार र एक गायन क्षेत्रबाट गरी जम्मा ६५ जनालाई सम्मानीत गरिएको छ । सम्मानीत हुनेमा स्वास्थ्यकर्मी रौतेली विचुवा स्वास्थ्य चौकीमा कार्यरत अनमी निलम भट्ट, रुपा खत्री, पत्रकार रमेश प्रसाद र गायन क्षेत्रबाट हरिना पाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

नव दुर्गा महिला संघका अध्यक्ष एवं काँग्रेस नेतृ शान्ति नाथको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि काँग्रेस कञ्चनपुरका उप–सभापति हरिचन्द्र राना रहनु भएको थियो । भने विशिष्ट अतिथिमा महाधिवेशन प्रतिनिधि राधिका देवी जोशी, ,सगुना राना, काँग्रेस ‘ख’ का सभापति चेतन कुमार राई, बेलडाँडी निवर्तमान सभापति हर्कदेव जोशी, सभापति गज बहादुर विष्ट, रहेका थिए । भने अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि काँग्रेस नेता रानाले महिला ससक्तिकरण गर्न र महिला माथि हुने हरेक खालका घटना रोक्न सबै क्षेत्रबाट लाग्नु पर्ने बताए । यस्तै उहाँले हाल विद्यमान नेपालको कानुन पनी महिलाका सवालमा राम्रो रहेको बताउदै कार्यान्वयनको पक्षलाई अझ बलियो बनाउनु पर्ने अवस्था रहेको बताउदै नारी दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो ।

यस्तै महाधिवेशन पतिनिधि राधिका देवी जोशीले नारी दिवसको अवसरमा सबै नेपाली दिदी वहिनीहरुमा शुभकामना दिदै महिला हकहितका लागि सबैले एक हुनु पर्ने धारण व्यक्त गरे ।

कार्यक्रमकी सभापति महिला नेतृ नाथले महिलाका हरेक खालका पिडामा आफु लागि रहेको बताउदै स्थानिय सरकारले नारी दिवस मनाउदा काखा पाखा गरेकोमा अपत्ती प्रकट गरे । उनले भने “हामि पनी बेलडाँडीकै महिला भएपनि सरकारी बजेट पचाउन गरीएको कार्यक्रममा हामि महिला माथि वेभेद गरेको बताए ।”

कार्यक्रममा बोल्ने अधिकाशं महिलाहरुले महिला हक अधिकारका सवालमा सबै पक्षले जिम्मेवार भई लाग्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमका माझ कार्यक्रम भव्य र सम्य रुपमा सम्पन्न गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *