रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरकाे ११ औ जिल्ला अधिवेशन सम्पन्न भएकाे छ ।
शनिबार महेन्द्रनगरमा सम्पन्न जिल्ला अधिवेशनबाट अध्यक्षमा मान बहादुर चन्द सर्वसम्मत निर्वाचित हुनुभएकाे हाे । चन्दकाे अध्यक्षतामा २० सदस्यीय जिल्ला कार्य समिति गठन गरीएकाे निर्वाचन मण्डलले जनाएको छ ।
जस अन्तरगत नव निर्वाचित कार्य समितिकाे उपाध्यक्षमा दिनेश राज भट्ट, माधवी साँउद, सचिव महेश्वरी विष्ट, सह सचिव देवराम कोली, कोषाध्यक्ष सन्तोष जोशी चयन भएका छन । भने सदस्य तर्फ तिलक प्रशाद जोशी, राम ब.राना, कृतिका कुमारी भट्ट, सरिता चौधरी, नरेन्द्र चन्द, टेकराज जोशी, हरिस बडाल, करन सिह बोहरा, सपना थापा, लोकराज पन्त, दिपेन्द्र कुमार ओड, महादेव भट्ट, जय बहादुर कुँवर चयन भएका छन् ।
अध्यक्ष चन्दले अाफु संगठ र कर्माचारीकाे हितमा मन वचन र कर्मले लाग्ने प्रतिबद्वता जनाईका छन् । उनले भने “सबै कर्मचारी साथिहरूले जसरी विश्वास गरी अध्यक्षमा निर्वाचित गरेकाेमा धन्यावाद प्रकट गर्दै सबैकाे विश्वास र भराेसालाई आत्मा सात गरी आगामि दिनमा काम गर्ने बताए ।”
विगत लामाे समय देखि संगठनमा आवद्व भई काम गरेका चन्द कर्मचारी संगठनमा लाेक प्रिय कर्मचारी हुन ।
अध्यक्ष चन्द बेलाैरी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी हुन ।

