नेकपा (क्रान्तिकारी माओवादी) एमसिसी खारेजीको माग राख्दै कञ्चनपुरमा मसाल जुलुस निकाल्याे

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– जिल्लाकाे महेन्द्रनगर बजारमा नेकपा (क्रान्तिकारी माओवादी) ले एमसिसी खारेजीको माग गर्दै मसाल जुलुस निकालेकाे छ ।

एमसीसी बिरुद्धमा फागुन ४ गते घोषणा गरिएको नेपाल बन्दको पुर्व सन्ध्यामा मंगलबार साँझ कञ्चनपुर नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिष्ट पार्टी विप्लव लगायका दलहरूले सयुक्त मसाल जुलुस निकालेका छन ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव ,नेकपा (क्रान्तिकारी माओवादी) लगायकादलहरूले सयुक्त रूपमा नेपाल बन्द सफल पार्न  एमसिसीको बिरोधमा मसाल जुलुस निकालेका छन ।

एमसिसी खारेज गर ,गो व्याग एमसिसी, दलाल सरकार मुर्दावाद ,एमसिसी हामिलाई चाहँदैन ,देश बेच्न पाईदैन लगायतका नारा जुलुस सहित महेन्द्रनगरमा राँके जुलुस निकालेकाे हाे ।

नेकपा विप्लव भीमदत्त नगर सचिव  युवा नेता दिपेन्द्र सिह ऐरीले राष्ट्रघाती सम्झौता बिरुद्ध मसाल जुलुस निकालेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *