धनगढी देखि पोखरा बुद्व एयरले सिधा उडान भर्ने

मुख्य खवर राजनीति विशेष समाचार

धनगढी- बुद्ध एयरले आगामी मार्च १ देखि धनगढीबाट पोखराको सिधा उडान भर्ने भएको छ ।

शुरूमा सातामा ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्ध एयरका कम्युनिकेशन अधिकृत दीपेन्द्र कर्णले जानकारी दिए ।

धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबारको उडान हुने उनले बताए । सिधा उडानबाट अनावश्यक झन्झटमुक्त हुनुका साथै यात्रुको समय पनि वचत हुनेछ ।

यी दुई गन्तव्यको लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले आकर्षक प्याकेज पनि ल्याउन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *