बेलडाँडी कालाेमसाे प्रकरण : आफुमाथि लागेका आराेप झुठा रहेकाे वडाध्यक्ष खातीकाे भनाई

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – जिल्लाकाे बेलडाँडी गाँउपालिका-२ का वडाध्यक्ष  प्रेमराज खातीले आफुलाई मोसो दल्ने नेकपा विप्लव समुहले लगाएको आरोप निराधार र झुठा भएको बताएका छन ।

सोमबार महेन्द्रनगरमा कालाे मोसो प्रकरण बारे प्रेस चौतारी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले बेलडाँडी गाउँ कमिटि उपाध्यक्ष समेत रहेका वडाध्यक्ष खातीले आफुमाथि लगाएको आरोप निराधार र झुठा भएको बताएका हुन ।

उनले नेकपा विप्लव समुहको युवा संगठनले लगाएका ८ बुदाँ आरोप पुरै निराधार भएको दावि गरेका छन । पत्रकार सम्मेलनमा वडाध्यक्ष खातीले गाँउपालिका- २ नम्बर वडा भवनमा अनियमितता नभएको, सम्झौता र महिला साना किसान सहकारीलाई गाँउपालिकाको स्वामित्वमा रहने गरी ०७५ मंसिर २० र ०७७ कार्तिक २५ गते गाँउपालिका बैठकबाट जमिन दिईएको स्पष्ट पार्दै आफ्नो मात्रै कुनै भूमिमा नरहेको दावि गरे । ‘मैले अहिलेसम्म कुनैपनि कर्मचारी नियुक्त गरेको छैन, ‘उनले भने, ‘ग्राभिलमा पनि मनोमानी भएको छैन ।’

तर उनले केही दिन पहिला ग्राईभलमा प्रकृया अनुसार नगरिएकाे भनी तीन पार्टीका माझ गल्ति स्वविकार गरी क्षमा मागेका थिए । उनले अब देखि गल्ति नदाेहर्याउने बाचा समेत गरेका थिए ।

यस्तै वडा अध्यक्ष खातिले बसपार्कमा आफ्नो कुनै संलग्नता नभएको बताउदै उनले आफु नियमित वडा कार्यालममा बस्दै आएको बताए । ‘म नियमित जनताकै काममा हुन्छ, ‘उनले भने, ‘कहिलेकाही बाहिर जाँदा पनि काबा दिएर जान्छु ।’

कालिकिच उपभोक्ता क्याम्प सडकको योजना सघीय सरकारको योजना उपभोक्ता मार्फत संचालन भएको बताए । बेलडाँडी गाँउपालिकादेखि चवन्नी बजारमा जाने सडकमा ग्राभिलिङ्ग वडाको निर्णय अनुरुप काम गरिएको बताए ।

निर्वाचनका बेला मेरो बदनाम गराउनका लागि केही व्यक्ति समुहले रचेको प्रपञ्च रहेको बताउदै उनले आफ्नो कुनै पनि विप्लव नेता कार्यकर्तासंग सम्बन्ध नबिग्रीएको बताए । ‘मेरो कसैसंग पनि बिग्रीएको थिएन, ‘उनले भने, ‘मैले गल्ती नै गरेको भए कानुन अनुरुप भोक्छु ।’

समाजिक बेईजती अपमान भएको उनको ठहर छ । उनले तीन जनाको नाममा गाँउपालिकाले किटानी दिएको बताए । गाँउपालिका अध्यक्ष धन बहादुर थापाले वडाध्यक्षबाट कुनै गल्ती नै भएको भएपनि कानुन अनुरुप कार्बाही हुनुपर्र्नेमा उल्टो बाटो रोजिएको बताए ।

नेकपा एमाले बेडडाँडी गाँउपालिका इन्चार्ज गणेश उपाध्यायले किटानी दिदा समेत प्रशासन प्रहरीबाट घटनामा संलग्नमाथि कार्बाही हुन नसक्नु दुखत भएको बताए । नेकपा एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले घटना लगत्तै जिल्ला पाटी अध्यक्ष सुरेन्द्र विष्टले कञ्चनपुर प्रहरी प्रमुख र सिडियो सापलाई टेलिफोन मार्फत जानकारी गराएको बताउदै उनले किटानी हिदा समेत दोषि पक्राउ नहुनु दुखत भएको बताए ।

‘हामी के भन्न चाहन्छौँ, कि कानुन हातमा लिएर जनप्रतिनिधीमाथि अपमान गर्ने कार्य गर्नेमाथि कानुनी कार्बाही होस, ‘उनले भने, ‘अव उपरान्त यस्ता घटना नदोहोरिउन ।’ ईलाका प्रहरी कार्यालय बेलडाँडीले घटना बारे अनुसन्धान र संलग्नको खोजि भईरहेको जनाएको छ ।

ईप्रका बेलडाँडीका इन्चार्ज रविन्द्र कठायतले पीडित पक्षबाट आएको किटानी जाहेरी अनुरुप मुद्दा कानुनी प्रकृयामा गएको बताए ।

गत बिहीबार वडाध्यक्ष खातीले भ्रष्टाचार सहितका अनियमितता गरेका ८ बुँदे आरोप लगाउँदै युवा संगठन नेपाल कञ्चनपुरले प्रेस विज्ञप्ती नै जारी गरेर जनकार्बाही गरिएको भन्दै मोसो दलेको जिम्मा लिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *