कञ्चनपुर– नेपाली काग्रेंस दोधारा चाँदनी नगरपालिकामा स्थानिय तहको निर्वाचनकाे तयारी संगै काँग्रेसी लहर छाएकाे छ । आगामी वैशाख ३० गते स्थानिय तह निर्वाचन घोषणा पछि नेपाली काग्रेंस दोधारा चाँदनीले बिभिन्न कार्यक्रम लिएर गाँउ, टाेलमा काँग्रेसी लहर छाए संग पार्टी प्रवेश गर्नेहरूकाे लहर बढेकाे हाे।
दोधारा चाँदनी नगरपालिका वडा नं- २ मा ६ टोलमा टोल समिति गठन भएको छ् । दोधारा चाँदनी वडा नं. २ को कृष्ण टोल (निरन्कारि), जनज्योति टोल, कमलसा टोल, पुर्णाटोल, हुनैनाथ टोल र सगरमाथा टोलमा टोल भेला सहित टोल समिति गठन संगै पार्टी प्रवेशकाे कार्यक्रम भएको नेपाली काग्रेंसका युवा नेता देबेन्द्र सिंह नायकले जानकारी दिएका छन् ।
कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार लगाएत वडाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । यस्तै नेपाली काग्रेंसले दोधारा चाँदनी नगरपालिकाका अधिकांश वडाका टोलहरुमा टोल भेला संगै टोल समिति गठन कार्य अन्तिम चरणमा रहेको नेपाली काग्रेंस कञ्चनपुर जिल्ला सदस्य गोपाल सिंह घिमिरेले जानकारी दिएका छन् ।
चुनावलाई लक्षित गरी नेपाली काग्रेंस दोधारा चाँदनीका टोलसम्म पुगेको छ् । टोल समिति भेला तथा समिति गठन गर्ने जिम्मेवारी सोही वडाका वडा कार्य समितिलाई छ् । दोधारा चाँदनी नगरपालिकामा कही दिन भित्रै टोल समिति गठन कार्य सम्पन्न हुने बताईएको छ् ।
वडा समिती तथा टोल समितिलाई अझ गतिशिल तथा भातृ संगठनहरुलाई समेत सशक्त बनाउने कार्य पार्टीको रणनिती अनुरुप टोल समिति गठन कार्यलाई अघि बढाईएको नेपाली काग्रेंस दोधारा चाँदनीले जनाएको छ् ।
टोल समिति गठन पछि जनवर्गीय संगठनका बैठक र भेलालाई अघि बढाईने बताईएको छ् । आउदो चुनावमा दोधारा चाँदनीमा नेपाली काग्रेंसलाई भारी मतले बिजयी हुने र त्यसको लागी पार्टी पंक्ती कटिबद्ध रहन पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिईएको छ् ।

