कञ्चनपुर– जिल्लाकाे बेलौरी नगरपालिकाले आफ्नो आठौं नगर सभा तथा हिउँदे अधिवेशन आज सम्पन्न गरेको छ । शनिबार नगरपालिकाले बेलौरी उद्योग बाणिज्य संघको सभा कक्षमा आठाै नगर सभा सम्पन्न गरेको हो ।
पालिकाले आ.व. २०७८/७९ को हालसम्मको आय तथा व्ययको विवरण प्रतिवेदन सार्वजनि गर्दै कार्यक्रम सम्पन्न गरेकोहो ।
बेलौरी नररपालिकाले यस बर्ष अहिले सम्म चालु तथा पूँजिगत तर्फ ३१ प्रतिशत खर्च गरेको जनाएको छ । हाल सम्म बेलौरीका १० वडाहरु मध्ये वडा नं.४ ले ४७ प्रतिशत खर्च गरिसकेको छ ।
यस्तै सबै भन्दा कम खर्च गर्ने वडा नं.९ ले ३ प्रतिशत मात्र खर्च गरेको प्रतिवेदनमा सार्वजनि गरिएको छ । यस्तै थोरै योजना तथा कार्यक्रम सम्पन्न भइसकेका र धैर कार्यक्रम गर्न बाकी नै रहेको प्रतिवदेन प्रस्तोता हस्त बहादुर बिकले बाचन गरे । बेलौरीको कुल बजेट ६८ करोड ६९ लाख ९९ हजार रहेको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै सभाध्यक्ष तथा बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले भने आफ्नो ५ बर्षे कार्यकालमा बेलौरीमा धेरै ठुलो उपलब्धी भएको बताए ।
आफु मेयर हुने बेला बेलौरी नगरपालिकाका कुनै कुनै ठाउँमा बर्षातको समयमा साइकल, मोटसाइकल र गाडी नचल्ने खालका सडकहरुमा अहिले सरल तरिकाले चलाउन सकिएको बताए ।
नगरमा हिलो मुक्त बेलौरी बनाउन सफल भएको बताउदै बेलौरीका अधिकांस किसानको जीवन स्तर माथी उकासिएकाे बताए ।
बेलौरीका धेरै किसानहरुलाई आत्मनिर्भर बनाउनका लागि बिभिन्न मुनाफी मुखि कार्यक्रमले समृद्धको बाटोमा लम्कीएको जनाए ।
आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र कृषिमा आफुले निकै जोड दिएको र काम गरे अनुसारको प्ररिणाम अहिले देखिएको बताए ।
नगर सभाबाट कर्मचारी अमर बहादुर राना सहायक पाचौ,धनीराम चौधरी सहायक पाचौं ,मुक्तिलाल पाण्डेय कार्यालय सहयोगी र बिनिता ओड कार्यालय सहयोगीलाई सम्मान गरेको छ।
यस्तै कार्यक्रममा क्षेत्रमा याेगदान पुर्याउनु हुने संघ संस्था तथा व्यक्तिलाई समेत सम्मानित गरिएकाे थियाे ।
कार्यक्रमको संचालन बेलौरी नगरपालिकाकी सूचना अधिकारी शुसिला लेखकले गर्नु भएको थियो भने सभाध्यक्ष मेयर चौधरी रहेको कार्यक्रमा स्वागत मनतब्य नेत्र राज गिरीले राखेका थिए ।


