कञ्चनपुर– बेलडाँडी गाउँपालिकाले बारम्वार एक पछि अर्को कम्जोरी गर्दै माफी माग्दै आएका वडा अध्यक्ष प्रेम राज खातिले सडक निर्माणमा अाफुबाट गल्ति भएकाे स्विकार गरेका छन् ।
बेलडाँडीकाे गाउँपालिका देखि चवन्नि बजार सडक खण्डमा मनपरी तवरले कुनै प्रकृया विना ठुल -ठुला ढंगाकाे ग्राईभेल विछाएर सडककाे बेहाल गरी छाेडेका विषयमा गल्ति स्विकार गदै माफि मागेका हुन । हुन त वडा अध्यक्ष खातिले माफि मागेकाे याे कुनै नयाँ विषय भने होइन ।
मिडियामा समाचार सम्प्रेषण पश्चात् उनले अाफुबाट गल्ति भएकाे स्विकार गर्दै कुनै प्रकृया नपुर्याएर काम गरीएकाे भन्दै अालाेचित हुँदै माफि मागेका हुन ।
यस्तै बेलडाँडी देखि चवन्नी जोड्ने सडक खण्डमा वडा अध्यक्षले मनपरी तरिकाले आफु खुसी कोलो पत्रेका लागि बेस विछाइसकेको सडकमा माथीबाट ग्रावेल हालिदिदा उक्त सडकामा आवत जावत गर्नेहरुले सास्ती खेप्नु परेको थियो ।
बेलडाँडी गाउँपालिका वडा नं-.२ का अध्यक्ष प्रेमराज खातीले आफुले प्रकृया नपुगाएर मनपरी तरिकाले गरेको काम प्रति आलोचित हुदै माफी मागे पछि उनका विरुद्धको आन्लोलन मत्थर भएको हो ।
उहाँका अनुसार “काम गर्ने दौरानमा कमीकमजोरी भएको प्रति आलोचित हुदै यस्तो कार्य आगामी दिनमा नहुने बताउनु भयो । अहिले अवका तीन दिन भित्र त्यसमा ग्रेडर लगाएर पानी पिच गरिदिने बताए ।” उनले अब उपरान्त यस्ताे गल्ती नदाेहर्याउने प्रतिवद्वता व्यक्त गर्दै प्रकृया बमाेजिम तीन दिन भित्र सडक बनाउने बताए ।
आन्दोलित पक्षले गाउँपालिकाले आफुले गरेको भर्ना प्रकृयामा त्रुटी भएको भन्दै भर्ना गरिएका व्याक्तिहरुलाई खारेज गरेको लिखित सूचना निकाले पछि र वडा अध्यक्षले आफुले गरेको काममा माफी मागिसेपछि सबै आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको जनाए ।
त्यस सडक खण्डमा केहि बर्ष पहिला पिच गर्नका लागि बेस समेत बिछाइ सकेको थियो तर ठाउँ ठाउँमा खाल्डाहरु बनेका थिए खाल्डा पुर्नुको साटो अध्यक्षले पुरै बेस माथी ग्रावेल हालिदिएका थिए ।
उक्त कार्यमा कुनै उपभोक्ता, निर्माण कम्पनी नभएर आफैले काम गर्न थालेका हुन ।
त्यस सडक खण्डमा बेलडाँडीका धेरै स्थानिय दुर्घटनामा परि घाइते समेत भएका छन् ।

