कञ्चनपुर– ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी बेलडाँडी गाउँपालिका-१ का ४२ वर्षिय देवसिंह धामीलाई प्रहरीले १८ वर्षपछि आइतबार पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार वारदात गरी विसं २०६० जेठ १५ गतेदेखि धामी फरार थिए।
दोधारा-चाँदनी नगरपालिका-१ मा लुकिछिपि बसेका धामीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शाहले बताए।
पक्राउ धामीलाई प्रहरीले आजै कञ्चनपुर जिल्ला अदालतमा पेश गरी ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

