रमेश प्रसाद भट्ट/ कञ्चनपुर- जिल्लाकाे बेलडाँडी गाउँपालिकाले केही दिन अघि तीन जना जनप्रतिनिधिका अाफन्तलाई कर्मचारीमा भर्नाकाकाे नियुक्ति खरेजि गर्दै पछि हटेकाे छ ।
अाईतबार गाउँपालिकाले एक सुचना जारी गरेर अबैध रूपमा दिईएका सुनिता राना, निरज कठायत र दिपेन्द्र विष्टलाई दिएकाे नियुक्ति प्रकृया संगत नभएकाे भन्दै अबैध नियुक्ति खारेज गरेकाे हाे ।
विना कुनै प्रकृया अाफ्ना मान्छेलाई मात्र जागिर खुवाउने थलाे बनाएकाे भन्दै अबैध नियुक्ति खारेजिकाे माग गदै नेकपा माअाेवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले विराेध जनाएकाे थियाे । एक हप्ता भन्दा बढिकाे लगातारकाे विराेध पछि अन्त: गाउँपालिकाले अबैध नियुक्ति खारेज गर्दै पछि हटेकाे हाे ।
अान्दाेलित तीन दल सहित गाउँपालिका पुगेकाे मास समक्ष प्रमुख प्रशासकिय अधिकृत पदमराज जाेशिले अबैध नियुक्ति खारेजिकाे लिखित सुचना निकालेर मास समक्ष सुनाएकाे थियाे । उहाँका अनुसार नियुक्तिमा त्रुटि रहेकाे भन्दै खारेज गरीएकाे समेत बताउनु भयाे ।
यस्तै गाउँपालिकाका प्रमुख अध्यक्ष धन बहादुर थापा क्षेत्रिले अाफुहरूबाट गल्ती भएकाे स्वीकार गर्दै अागामि दिनमा यस्तै गल्ती नगरिने बताउनु भयाे ।
प्रकृया विपरित गरीएका कामका सवालमा गाउपालिका सच्चिन बाध्य भएकाे नेकपा समाजवादिका नेता हरि प्रसाद शर्माले बताए । उनले भने” यस्ता गलत प्रवृतिका विरूद्व अाफ्नाे विराेध रहने बताए ।”
यस्तै नेपाली काँग्रेसका नेता ईन्द बहादुर खडकाले विधि र प्रकृयाका सवालमा गलत निर्णय गाउँपालिकाले बदर गरेकाे बताए । गलत कार्य सच्याएकाेमा सबैले गाउपालिकालाई धन्यावाद दिदै अब उपरान्त यस्ता गैरकानुनि कार्य नगर्न सुझाव समेत दिएका थिए ।


