बेलडाँडी सहकारी प्रकरणमा महिला नेत्री नाथको केका लागि थियो आन्दोलन ?

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – बेलडाँडीकी महिला नेत्री शान्ती नाथले केहि समय पहिला सहकारीहरुलाई गाउँपालिकाले उपलब्ध गराएको जमिनको विरोध गरेको विषयमा अहिले प्रशंसा हुन थालेको छ ।

तत्कालीन समयमा उहाँले उठाएका एजेण्डा अहिले साच्चिकै जनहितमा भएको प्रमाणित बन्दै गएको छ । उहाँले उठाएका मुद्धाहरु ठिक भएको चियाचोकमा चर्चा हुन थालेको छ ।

उहाँले मुद्धा उठान गर्ने बेला आक्रोसित भिडले साना किनान महिला सहकारीलाई उपलब्ध गराएको जमिनमा बन्न लागेको संरचनामा ढुङ्गामुडा प्रहार गर्दा आन्दोलने अराजकरुप लिएको भन्दै नाथले स्वयम माफी मागेकी थिइन तर गलतका विरुद्ध आफ्नो आन्दोलन निरन्तर रहेको बताएकी थिइन् ।

भनिने गरिन्छ यो देश सतीले सरापेको देश हो त्यस्तै लाग्न थालेको छ अहिले बेलडाँडी बासीहरुलाई । जसले चाकडी गर्यो उसैको भलो जसले जनताको पक्षमा काम गर्यो उसैलाई माफी माग्ने काम गराइयो । तर नेत्री नाथले गरेका हरेक आन्दोलनको अहिले निकै प्रशंसा हुन थालेको छ ।

अहिले सहिको पक्षमा बेलडाँडीका तीन ठुला दल एक ढिक्का भएर लागेका छन् । बेलडाँडीको हितमा आवाज उठाउदै आएका छन् । जनतामा न्यायपाईने आभाव हुन थालेको छ । यस आन्दोलनमा बेलडाँडीका अधिकांस नागरिकको साथ समर्थन र सहयोग रहेको छ ।

नेत्री नाथ अहिले भन्नु हुन्छ म जनताको पक्षमा सधै वकालत गर्ने र गतलको भण्डाफोरमा लाग्ने छु चाहे उ जुनसुकै पार्टीको किन नहोस् गलतलाई गतल भन्ने र प्रकृयागत कारवाही गराएर छोड्ने जनाइन् । उहाँले भनिन् त्यति बेला शान्ती सदभाव नखल्बलियोस भनेर आफुले केहि लचकता अपनाएको बदाउदै सत्यको पक्षमा सबैले लाग्न आग्रह समेत गर्नु भयो ।

यो पनि पढनुस्
दुईवटा नाफामुखी आफु निकट सहकारीहरुलाई अफिस र अर्कोलाई विऊ बैकं स्थापना गर्नका लागि जमिन उपलब्ध गराएको थियो । त्यति बेला बेलडाँडी गाउँपालिकाका स्थानीय वासिन्दा र स्थानीय सहकारी, संघ संस्थाले विरोध गरेका थिए ।

विरोध गरेपछि काम रोकेको गाउँपालिकाले घटना सेलाउदै जादा फेरी आफु संगको साझेदारीमा विऊ बैंक स्थापनाको नाममा सम्झौता बहुउद्देश्यीय सहकारी संस्था कलकत्तालाई १५ लाख गाउँपालिकाको र केहि रकम सहकारीको रहने गरि विऊ बैंक स्थापना गर्ने गरी ठेक्का आवहान गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता अम्मर बहादुर खत्रीले जानकारी गराउनु भयो ।

आफ्नो वडा कार्यालय स्थापना गर्नका लागि जमिन छुट्याउन नसक्ने जनप्रतिनिधीहरुले फेरी यस्तो कार्य गर्नाले आन्दोलन चर्किन थालेको छ । सहकारीलाई जमिन दिन सक्ने कार्यपालिकाले वडा नं.२ कार्यालयको लागि जमिन उपलब्ध गराउन सकेको छैन् ।

वडा नं.२ अहिले गाउँपालिका कार्यालयको भवनबाट आफ्ना सेवाहरु विस्तार गर्दै आएको छ । वडा अध्यक्षलाई आफ्ना मान्छेलाई जागिर खुवाउनमै ठिक्क छ । बेलडाँडी गाउँपालिलकामा मुनाफा रहित कम गर्ने संस्थाहरुलाई पाखा लगाउदै दादागिरी शैलिमा आफु निकटका संस्थालाई भवनका लागि जमिन देखि पैसा समेत दिने गरेकोले आन्दोलन चर्किन थालेको हो ।

बेलडाँडीको ७२ विगाहा (ग्रीन बेल्ड) क्षेत्र भित्रको जग्गालाई आफु निकट दुईवटा सहकारी संस्थाको भवन निर्माणका लागि भन्दै प्रक्रिया मिचेर स्थानिय सरकारले मनपरी ढंगले जग्गा वितरण गरेको भन्दै त्यतिबेला बेलडाँडीका स्थानीयले विरोध गदै गाउपालिकालाई ज्ञापन पत्र समेत बुझाएका थिए।

गाउँपालिकाले विना कुनै प्रकृया साना किसान सहकारी संस्था लिमिटेड र सम्झौता बहुउद्देयीय सहकारी संस्थालाई भवन निर्माणका लागि भन्दै गाउँ कार्यपालिकामा निर्णय गरी प्रक्रियानै नपुर्याई सहकारी संस्थालाई जग्गा वितरण गरेको भन्दै स्थानियले विरोध गदै साना किसान सहकारी संस्थाले बनाएको भवन माथि ढुङ्गामुडा समेत प्रहार गरेका थिए ।

त्यतिबेला १२ वटा कृषक समुहले कृषि भवनका लागि छुट्याएको जग्गालाई सम्झौता बहुउद्देयीय सहकारी संस्थालाई वितरण गरेको भन्दै गाउँपालिका अध्यक्षलाई त्यस्तो कार्य नगर्न र गाउँपालिकाले गरेको गलत निर्णय सच्याई सरकारी जग्गा माथिको अतिक्रमणलाई रोक्न भन्दै ज्ञापन पत्र समेत बुझाएका थिए । त्यति बेला १२ वटा कृषि समुहका तर्फबाट महिला नेत्री शान्ती नाथले गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

त्यति बेला ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष थापा क्षेत्रीले सो बारेमा आफुले सच्याउनेबारेमा सोच्ने कुरा राखेको तर सच्याउनको साटो उल्टै १५ लाख विऊ बैंक स्थापना गर्ने भन्दै दिने निर्णय समेत गरेछन् ।

त्यतिबेला ज्ञापन पत्र बुझाउदै नाथले भनेका थिए “यहाँ बेलडाँडीमा दुई वटा सहकारी मात्र नभई अन्य पनी भएकाले यदि वितरण गर्ने भए सबैलाई समान रुपमा दिनु पर्यो हैन भने किन कसैलाई दिने कसैलाई नदिने भन्दै न्यायको पक्षमा आन्दोलन समेत गर्दा उनी माथी तोडफोटको आरोप लगाएका थिए ।

पछिल्लो समय ७२ विगाह क्षेत्रमा बाचेको केहि जग्गा जसले पायो त्यसैले अतिक्रमण गदै आएका छन् भने धेरै जसोमा मुक्त कमैया, र सुकुम्बासी बसेका छन् । अगाडि र पछाडी बेलडाँडी बजार र चवन्नी बजार विस्तार भएका छन् । ७२ विगाहा मध्ये बाचेको गाउँपालिका कार्यालय नजिकको जग्गा सबै जसो अतिक्रमणको चपेटामा छ, भने बसपार्कको लागि राखिएको मात्र बाकि रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *