बेलडाँडी कर्मचारीभर्ना प्रकरण: आन्दोलित पक्षलाई २३ गते छलफलगरी प्रतिकृयादिने अध्यक्षको आश्वासन

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/ कञ्चनपुर- कञ्चनपुुरको बेलडाँडी गाउँपालिकामा अबैध तवरले जनप्रतिनिधिका आफन्तलााई भर्ना गरीएका कर्मचारीको नियुक्ति खारेजीको माग गदै आन्दोलित पक्ष संग २३ गते आईतबार छलफल गरी प्रतिकृया दिने गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले आश्वासन दिनु भएको छ ।

शुक्रबार आन्दोलित तिन पार्टीको सयुक्त बैठकले अबैध तवरले केहि जनप्रतिनिधिका आफ्ना आफन्तलाई कर्मचारीमा भर्ना गरेको भन्दै नियुक्ति खारेजीको माग गदै आएको पक्षले माग पुरा नगरेको भन्दै ताला बन्दी गर्न खोज्दा अध्यक्ष थापा क्षेत्रले सो नियुक्तिको बारेमा आईतबार छलफछल गरी निर्णय गरिने बताउनु भएको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम राज जोशीले बताउनु भयो ।

उहाँका अनुसार ”गाउँपालिका अध्यक्ष काम विशेषले आउनु भएन, फोनमा कुरा गर्दा उहाँले अहिले तालाबन्दिको कार्यक्रम नगर्न आग्रह गरेको बताउदै आईतबार विहान ११ बजे आन्दोलित पक्ष संग छलफल गरी निचोड निकालिने आश्वासन आएको बताए ।

दुई हप्ता देखि अबैध रुपमा केहि जनप्रतिनिधिका आफन्तलाई कर्मचारीमा भर्ना गरीको भन्दै नियुक्ति खारेजीको माग राख्दै आन्दोलित एमाले बाहेकका तिन दल नेपाली काँग्रस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समावादी पार्टी सयुक्त रुपमा आन्दोलित भएका थियो ।

पटक-पटक ज्ञापन पत्र बुझाउदा ​समेत आफुहरुको मागका सम्बन्धमा गाउँपालिकाले बेवास्ता गदै आएको भन्दै शुक्रबार ताला बन्दीको कार्यक्रम राखेका थिए । तर गाउँपालिका अध्यक्षले फोन मार्फत प्रमुख प्रशासकिय अधिकृतलाई आईतबार सो विषयमा निचोड गरीने आश्वासन आए पश्चात ताला बन्दीको कार्यक्रम तब सम्मलाई स्थगित गरीएको नेपाली काग्रेस बेलडाँडी गाउँ उप सभापति टेक बहादुर खड्काले बताउनु भयो ।

गत महिनाको ३० गते निरज कठायत,दिपेन्द्र बहादुर विष्ट  र  सुनिता रानालाई दैनिक ज्यालादारीको रुपमा ६/६ महिनाको नियुक्ति दिईएको थियो । अहेव रानाको वास्तविक नाम सरिता राना हो, तर सुनिता रानाको नामले ६ महिनाका लागि मासिक २० हजार खानेगरी दैकिक ज्यालादारीका रुपमा नियुक्ति दिईएको थियो । केहि दिन अघि रानाको नियुक्ति भने बदर गरेको छ, भने बाकि दुई जना यथावत रहेको छ ।

गाउँपालिकाले केहि जनप्रतिनिधिका आफन्तहरुलाई अवैध तवरले नियुक्ती दिएको विषयलाई लिएर बेलडाँडीमा आन्दोलन शुरु भएको थियो । गाउँपालिकाले आफु खसी काम गरेको बिषयलाई लिएर चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिए बमोजिम आज गाउँपालिकामा एक घण्टा धर्ना समेत दिएको आन्दोलित पक्षले जनाएको छ ।।

हामिलाई लिखित रुपमा आईतबार निकास दिने कुरा आएको र त्यो दिन पनी आलटाल गरेर अवैध नियुक्ती खारेज नगरे काडा आन्दोलन गर्ने नेकपा एसका नेता वीर बहादुर बडुवालले बताउनु भयो ।

अध्यक्षले दिएको समयमा आफुहरुले मानेको भन्दै यदि राम्रो तवरले माग सम्बोधन नगरीए चरणबद्ध रुपमा आन्दोलन गरीने नेकपा एक बेलडाँडीका अध्यक्ष गगन बहादुर थापाले बताउनु भयो ।

आईतबार छलफल गर्ने आश्वासन आएकाले सो दिन सम्म पर्खने आनदोलनका कार्यक्रम रोकेको नेपाली काँग्रेसकी महिला नेतृ शान्ती नाथले बताए ।समस्या सजिलो तरिकाले समाधान हुन्छ, भने अप्ठेरो पर्नेबाटोमा आफुहरु नलाग्ने नेकपा माओवादीका युवा नेता चेत बहादुर शाहले बताउनु भयो ।। ।

शान्ति पुर्व पनी आईतबार माग सम्बोधन नगरे चरणबद्ध रुपमा आनदोलनका कार्यक्रम अघि सार्ने तिन दलको भनाई रहेको छ । केहि जनप्रतिनिधिले आफ्ना मान्छे भर्ना गरेको भन्दै अहिले चौतर्फि रुपमा जनस्तरबाट आलोचना समेत हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *