कञ्चनपुरकाे बेलडाँडी सहित पाँच पालिकासंग राष्ट्रियभुमि समस्या सामाधानकालागि सम्झौता

Uncategorized

रमेश प्रसाद भट्ट/कञ्चनपुर – जिल्लाकाे बेलडाँडी गाउपालिका सहित ५ वटा पालिका संग भुमि समस्या सामाधनका लागि राष्ट्रिय भुमि अायाेगकाे सहकार्य पत्रमा सम्झौता भएकाे छ ।

यश अघि अाधा भन्दा बढि कार्य गरिसकेपछि विचमा अायाेग विगठन हुदा राेकिएकाे काम शुरू गर्न भुमि अायाेगका विज्ञ सदस्य र कञ्चनपुरका ५ वटा स्थानिय तहका प्रमुख विच विहिवार (अाज) महेन्द्रनगरमा सहकार्य सहमती पत्रमा हस्ताक्षर भएकाे राष्ट्रिय भुमि समस्या सामाधान कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले जानकारी दिनु भयाे ।

सम्झौता हुनेमा बेलडाँडी गाउपालिका, भिमदत्त नगरपालिका, शुक्लाफाटा नगरपालिका, पुर्वास नगरपालिका र लालझाँडी गाउपालिका विच अव्यवस्थित, सुकुम्बासी र भुमिहिनलाई जग्गाधनी प्रमाण पुर्जादिने कार्य अगाडि बढाउने कार्यकाे लागि सम्झाैता भएकाे भुमि अायाेग कञ्चनपुरका अध्यक्ष ढुंगानाले बताउनु भयाे ।

सम्झाैता पत्रमा हस्तार कार्यक्रममा अायाेगका विज्ञ सदस्य टेक बहादुर शाह, जिल्ला अध्यक्ष देवेन्द्र ढुंगाना र ५ वटै पालिकाका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतकाे सहभागिता रहेकाे थियाे ।

बेलडाँडी गाउपालिकाका अध्यक्ष धन बहादुर थापाले भुमि अायाेगले यश अघि धेरै काम सकेकाे बताउदै नापचाँच गरि जग्गा धनी प्रमाण पुर्जा दिने कार्यमा काम अघि बढाईने बताउनु भयाे ।

धुमि समस्या समाधानका लागि काम अघि बढने भएपछि जनतामा जमिनका मालिक बन्ने बर्षाेकाे सपना पूरा हुने अाशा पलाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *