कञ्चनपुरमा पेट्रोलियम पदार्थको मूल्य बृद्विमा अखिल क्रन्तिकारीकाे विराेध

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर -मुल्यबृद्धि विरुद्ध नेकपा निकट अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला समितिले पेट्रोलियम पर्दाथमा गरिएको मुल्यवृद्दि विरुद्धम विहिवार बेलडाँडी गाउँपालिकाको मुख्य बजार चवन्नीमा नाराबाजि सहित कोणसभा गर्दै विरोध प्रदर्शन गरेका हुन्।

कोणसभामा बोल्दै अखिल (क्रान्तिकारी) कञ्चनपुुर सङ्गठनका जिल्ला अध्यक्ष टेकेन्द्र पाठकले जनताको ढाड सेक्ने गरी पटक पटकको मुल्य बृद्धि तत्काल फिर्ता लिन माग गरेका थिए। अन्यथा अखिल (क्रान्तिकारी) जस्तो सुकै आन्दोलन गर्न बाध्य हुने र आन्दोलनको कुनै सिमा नहुने चेतावनी समेत दिएका छन ।

त्यस्तै कोणसभामा सम्बोधन गर्दै नेकपा विशेष जिल्ला कमिटी सदस्य राम ब सिहले जनताका बिरुद्ध यो देशका सासकहरु लागि परेका र यसका लागि सम्पुर्ण देशभक्त ,बुद्दीजिवि, आम सर्वसाधारण एक ढिक्का भएर दलालहरुका बिरुद्ध लडन आह्वान गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *