रमेश प्रसाद भट्ट/ कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउपालिकाले प्रकृया मिचेर विना कुनै सुचना अबैध तवरले भर्ना गरीएका ३ जना मध्ये एक जनाको नियुक्ति बदर गरेको छ, भने बाकि दुई जनालाई पावरको भरमा राखिएको छ ।
आईतरबार गाउँपालिका गाउँ कार्यापालिकाको बैठकले एकजना अहेव सुनिता रानाको नियुक्ति बदर गरेको हो, भने बाकि दुई जनप्रतिनिधि र नेताका आफन्त रहेका निरज कठायत र दिपेन्द्र बहादुर विष्टलाई यथावत राखेको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीले बताउनु भयो ।
उहाँका अनुसार ” हामीले सबैलाई खारेज गरम गाउँपालिकाले अहिले कर्मचारी व्यवस्थापन गर्न सक्ने हैसियत छैन्, भन्दा अव बन्ने स्वास्थ्यको भवन निर्माणका लागि हुने ठेक्काबाट बचेको पैसाले तलब खुवाउने भन्ने गरी एक्लौटी तरिकाले सहमती गरेको बताए ।
यस विषयमा आफ्ना धारण राखिदिन गाउँपालिका प्रमुख अध्यक्ष धन बहादुर थापा क्षेत्रीलाई सोध्दा उनले मिडिया नबोल्ने भन्दै आलटाल गदै पन्छीएका थिए । एक जिम्मेवार व्याक्तिले चौतर्फी अवैध तरिकाले राखेका कर्मचारीको विषयमा के भयो भनी बुझ्दा म बोल्दैन के कर्मचारी को कर्मचारी भनेर त्यस विषयमा आफु नबोल्ने धारण राख्दै हिडेका थिए ।
जनप्रतिनिधिको म्याद सकिएर चुनावको चर्चा भइरहेका वेला बेलडाँडी गाउँपालिकाले गैर कानुनी रूपमा कर्मचारी भर्ना गरेको थियो । कुनै सूचना र विज्ञापनविना तानशाही प्रवृतिबाट बेलडाँडी गाउँपालिकाले तीनजना कर्मचारीलाई दैनिक ज्यालादारीको नाम दिएर ६ /६ महिनाको नियुक्ति दिएको भेटिएको थियो ।
अबैध तवरले राखिएका रानाको वास्तविक नाम सरिता राना रहेता पनी सुनिता रानाको नामले नियुक्ति दिईएको थियो । गत पौष ३० गतेदेखि लागू हुने गरी दैनिक ज्यालादारी भन्दै निरज कठायत, दीपेन्द्रबहादुर विष्ट र सुनिता रानालाई गाउँपालिकाले कर्मचारीका रूपमा भर्ना गरेको पाईएपछि चौतर्फि लाचोचना समेत भएको थियो।
कठायत बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष एवं एमाले नेता प्रेम खातीका ज्वाइँ तथा विष्ट एमाले जिल्ला सदस्य वीरबहादुर विष्टका भतिजा हुन् । उनीहरूलाई ६ महिनाका लागि भनेर जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा भर्ना गरिएको हो । तिन जना मध्ये कठायत र विष्टको पहुचको भरमा जागिर जोगाईएको छ, भने रानाको बदर गरीएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम राज जोशीले नियम संगत नभए कुनै पनी हातलमा नराखिने भन्दै अहेव पद विना प्रतिस्पर्धा राखिएकाले नियम अनुसार नमिलेकाले खारेज हुने बताए । बाकि दुई पदको सवालमा आवश्यकता हो, या होईन त्यसका लागि आवश्यक बजेट छ, छैन त्यो हेरर मात्र भन्न सकिने बताए ।
बेलडाँडी- ३ का वडा अध्यक्ष दुर्गा प्रसाद चौधरीले तिन जना मध्ये एक जनाको निणर्य बदर गरीएको छलफल नगरी राखिएकाले यस्तो कार्य ठिक नभएको धारणा व्यक्त गरे ।
काँग्रेसका नेता पुष्पकमल पण्डितले यो सब गतल कार्य भएको बताउदै कर्मचारी राख्नुनै पर्ने भए प्रतिस्पर्धा गरी राख्नु थियो । उनले भने सुने अनुसार केहि जनप्रतिनिधिका आफन्त मात्र भर्ना गरीएकोमा आफ्नो आपत्ती रहेको बताउनु भयो ।
गैरकानुनी रूपमा कर्मचारी भर्ना गरिएको भन्दै अन्य राजनीतिक दल आन्दोलित भएका छन् । गाउँपालिकामा कर्मचारीलाई गैरकानुनी भर्ना गरिएको विरोधमा एमालेबाहेकका दलहरू आन्दोलनमा उत्रिएका हुन् । भर्ना गरिएका व्यक्ति जनप्रतिनिधि तथा एमाले नेताका आफन्त भएकाले विनासूचना र विनाप्रतिस्पर्धा भर्ना गरिएको उनीहरूको आरोप छ ।
स्थानीय सरकारलाई गैर कानुनी रूपमा जागिर दिने थलो बनाइएको भन्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले गाउँपालिकामा पुगेर गैरकानुनी रूपमा भर्ना गरिएका व्यक्तिको नियुक्ति खारेजीको माग गरेका छन् ।
उनीहरुले सात दिन भित्र नियुक्ति खारेजीको माग गरेता पनी तानाशाही तवरले पावरकै भरमा दुई जनाको नियुक्ति खारेजी गरिएको छैन । यसरी जनप्रतिनिधिले बेलडाँडी गाउँपालिकालाई पहुचकै भरमा आफ्ना आफ्न्तलाई रागिर खुवाउने थलो बनाउने गरेकोमा जनस्तरबाट चर्को विरोध गरिएको छ ।
भिडियो रिपार्ट हेर्न यहाँ तलको लिकंमाँ क्लिक गर्नुहोस ।।

