रमेश प्रसाद भट्ट/कञ्चनपुर- ईलाका प्रहरी कार्यालय बेलाैरीले बेवारिसे अवस्थामा चरेश बरामद् गरेकाे छ । शनिबार बुलिका साझ ७:३० बजेकाे समयमा बेलौरी–३ बुटाबारीबाट प्रहरीले बेवारिसे अवस्थामा राखिएको चरेश बरामद गरेको हाे ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरिक्षक कमल कुमार खडकाकाे कमाण्ड खटिएको गस्ती टोलीले युपी ३१ एपी २२५६ नम्बरको मोटरसाइकलसहित २२ किलो १ सय ५० ग्राम चरेश बरामद गरेको ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रमुख प्रहरी निरिक्षक खडकाले बताउनु भयाे ।
उहाँका अनुसार गस्तिकाे क्रममा पुनर्वासबाट बेलाैरी तर्फ ल्याईएकाे मोटरसाईकलमा राखिएको बोरा जाँच गर्दा चरेश फेला परेको बताए।
उनका अनुसार ४० पोका ठुलो र ४० पोका सानो गरी जम्मा ८० पोकामा लागुऔषध चरेश भेटिएको हो । उनले भने ‘कसको हो भन्ने पत्ता लागेको छैन्, अनुसन्धान गरिरहेका छौं ।
चरश ल्याउने व्यक्ति फरार भएकाे बताउदै ती व्यक्तिकाे घटना स्थलबाट जुत्ता फेला परेकाे बताए । सिमामा कडाई गरि मातहतका प्रहरी चाैकिलाई पनि खबर गरि फरार व्यक्तिकाे खाेजि कार्य भईरहेकाे समेत प्रहरी निरिक्षक खडकाले बताए ।

