काँग्रेस नेता लेखक र धामिको पहलमा चौधर नदी नियन्त्रण कार्यअघि बढयो, शुरुबाट पहलको फोटोसहित

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट /कञ्चनपुर- नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री रमेश लेखक र जनक सिंह धामिको पहलमा जिल्लाको बेडाँडाडी गाउँपालिका वडा नम्बर- ५ झिलमिला भएर बग्ने चौधर नदी नियन्त्रणका लागि कार्य अघि बढेको छ ।

गत महिना मात्र चौधर नदीले कटानी पटानी गर्ने क्षेत्रको स्थलगत अवलोकन पश्चाच फर्किएको टोली फोरी शनिबार (आज) डिपि.आर गर्ने गरी लागत स्टमेट संकलन कार्यका लागि प्राविधिक टोली सहित चौधर नदी क्षेत्रमा आईपुगेको चौधर नदी नियन्त्रण सयुक्त संघर्ष समितिका अध्यक्ष समेत रहेका काँग्रेस नेता जनक धामिले जानकारी दिनु भयो ।

उनले भने ”निरन्तरको प्रयासले एक पछि अर्को प्रगति हुदैछ, केहि दिन अघि मात्र डिपिआर र चौधर नदीको स्थलगत दृश्यालोकन गरी गएका जनताको तटबन्द महेनद्रनगरबाट ईन्जीनियर सहितको टोली पश्चात फेरी आवश्यक लागत खर्चको अनुमानीत गर्न टोली आएको  बताए ।”

जनताको तटबन्द कार्यालय महेन्द्रनगरबाट सव-इन्जीनियर विनोद चन्द सहितको एक प्राविधिक टोली आएर लागत खर्च सहितको नक्साकंन र नाप  गरी फर्किएको नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष धामिले बताउनु भयो ।

प्राविधिक टोलीले हाल नदीको बढी जोखिम भएको क्षेत्रको ५ कि.मि. तटवन्धका खर्च सहितको लागत स्टमेड गरी मन्त्रालयमा पठाउने गरी कार्य भएको अध्यक्ष धामिले बताउनु भयो । चौधर नदी नियन्त्रणका लागि गुरु योजनाको माग गदै केहि महिना अघि मात्र नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष धामि सहितको टोली संगै काँग्रेसका पुर्व मन्त्री रमेश लेखकले उर्जा जलस्रोत तथा सिचाँई मन्त्री पम्फा भुसाललाई भेटी योजना माग गरेका थिए ।

सोहि बमोजिम तत्काल नदी नियन्त्रणका लागि कार्य अघि बढाउने आश्वासन मन्त्री भुसालले दिनु भएको थियो । नदीले बर्षातको बेलामा ईमलिया देखि झिलमिला सम्ममा कटानी र पटानीको समस्याका साथै नहर फुटेर वस्तीनै खोखिममा पदै आएको थियो । भने बेमौसमिको पनीले समेत अन्नबालि लगायतमा नोक्सानी पुर्याउदै आएको थियो ।

काम सम्मन्न नहुदा सम्म संघर्ष समिति मन्त्रायल जाने देखिन सम्बन्धित निकायमा पहल गर्ने कार्यमा लागि रहने नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष धामिले बताए ।

निरन्तरको प्रयास पछि नेपाली काँग्रेसका नेता एवं पुर्व मन्त्री लेखक र धामिलेको प्रयासले नदीबाट बेलडाँडी-५ का जनताले भोग्नु परेको समस्याको अन्त्य हुने आशा पलाएको छ । यसरी नदि नियन्त्रणका लागि कार्य अघि बढने भएपछि बेलडाँडी-५ का स्थानिय हर्षत भएका छन् ।

काँग्रेसका नेता एवं पुर्व मन्त्री रमेश लेखक र नेता जनक सिह धामि सहितको टोली उर्जा जलस्रोत तथा सिचाँई मन्त्री पम्फा भुसाललाई भेटी नदी नियन्त्रणका लागि योजना माग गदै गर्दाको तस्वीर

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *