महेन्द्रनगर देखि मेलौलीका लागि हिडेकाे बस राैतगउँमा दुर्घटना

मुख्य खवर राजनीति विशेष समाचार
कञ्चनपुर – बैतडीको मेलौली नगरपालिका– २ रौतगाउँमा बस दुर्घटना भएकाे छ । पाटन पन्चेस्वर सडकखण्ड अर्तगत रौतगाउँमा महेन्द्रनगर देखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० न को वस दुर्घटनामा परेको हो ।

दुर्घटनामा  ८ जना घाइते भएका छन्र । दुर्घटनामा परि घाइते हुनेमा मेलौली नगरपालिका ६ का ४८ वर्षिय कमलापती भट्ट, वडा नं. ९ का २४ वर्षिय दुर्गा भट्ट, साेही ठाउँका ६८ रामसिह साउद, वडा नं. २ का २१ मनिस चन्द घाइते भएका छन्र ।

यस्तै अन्य घाइते हुनेमा कंञ्चनपुरकाे दैजिका २१ वर्षिया पुजा भट्ट, सिवनाथ गाउँपालिका ५ का २१ सुसिला चन्द , साेही ठाउँका २९ जनक औझी  र बारा जिल्लाका सिराज अन्सारी रहेका छन्र ।
अन्य मानविय क्षति भने भएकाे छैन्र । घाइते सबैलाइ उपचारका लागि डडेल्धुरा लगिएकाे जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर दर्शन खड्काले बताउनुभयो ।
बस आज बिहान करिब ६ बजेको समयमा दुर्घटना भएको  खड्काले बताउनुभयो ।

बस सडकबाट ५ मिटर तल खसेको छ । चालकलाइ नियन्त्रणामा लिइ दुर्घटनाकाे कारणाका बारेमा अनुसन्धान भइरहेकाे प्रवक्त खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *