रमेश प्रसाद भट्ट/ कञ्चनपुर- जिल्लाको बेलडाँडी गाउँपालिकामा सुटुक्क कर्मचारी भर्ना गरेको भन्दै नियुक्ति खारेजिको माग गरिएको छ । भित्रभित्रै मिलाएर केहि जनप्रतिनिधि निकटका मान्छेलाई केही दिन अघि मात्रै सुटुक्क भर्ना गरिएका तीन जनाको नियुक्ति खारेजिको माग सहित चर्को आलोचना समेत गरिएको छ ।
गाउँपालिकाले यहि पौष ३० गतेका दिन विना कुनै सुचना आव्हान गरि कसैलाई थाहा नदिई भित्रभित्रै मिलाएर तीन जना कर्मचारी सुनिता राना, निरज कठायत, दिपेन्द्र बहादुर विष्टलाई दैनिक ज्यालादारीको नाममा भर्ना गरीएका थिए । रानालाई रौतेलि विचुवा स्वास्थ्य चौकिमा अहेव पद, कठायतलाई चौकिदार र विष्टलाई सुपरिवेक्षण पदमा सुटुक्क नियुक्ति दिई राखिएका हुन।
विना कुनै सल्लाहा केहिका निकटलाई मात्र नियुक्ति गरी गाउँपालिकामा भर्ना गरिएकाको नियुक्ती खारेजको माग रहेको बेलाडाँडी गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर -१ का अध्यक्ष अम्मर बहादुर खत्रीले बताउनु भयो । उनले भने ”हामिलाई थाहै थिएन केहि कर्मचारी भर्ना गरियो भन्ने बाहिर बाहिर थाहा पायौ, पछि सोधपुछ गर्दा त विभिन्न नाम दिई केहिका निकटकालाई भर्ना गरिएको रहेछ ।” उहाँले यस्तो मनोमानी तवरले राखिएकाको नियुक्ती खारेज हुनु पर्ने धारण राखे ।
यस्तै नेपाली काग्रेस बेलडाँडीले समेत मनोगत तवरबाट राखिएका केहि कर्मचारीको नियुक्ती सरासर खारेज हुनु पर्ने काँग्रेस बेलडाँडीका सभापति गज बहादुर विष्टले बताउनु भयो । उनले भने ”कार्यकाल सकिनै लाग्दा कार्यकर्ता देखिन आफ्ना मान्छे भर्ना गर्ने केन्द्र गाउँपालिका बनाएको भन्दै यस्तो कार्य रोक्नु पर्ने आफ्नो भनाई रहेको बताए ।”
यस्तै माओवादी केन्द्र बेलडाँडीले पनी कर्मचारी भर्ना खारेजीको माग अघि सारेको छ । आज कार्यालयका नयाँ अधिकृत संगको भेटघाट कार्यक्रमका विच माओवादीले तिन जना कर्मचारी भर्ना कसरी र कुन प्रकृयाबाट गरेको भन्दै अबैध कार्य तुरुन्त रोक्न माग गरेका छन् । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ईश्वरी प्रसाद भट्टले गाउँपालिकाले मनोगत हिसावले गरेका सबै निर्णय खारेज गर्नु पर्ने बताए । बेलडाँडी वाइसीएल इन्चार्ज दिपक खडकाले भने बेलडाँडीमा भएका गलत कार्यको भण्डाफोर गर्ने बताए ।
नियुक्ती गरिएका दिपेन्द्र बहादुर बिष्टलाई योजना तथा कार्यक्रमको सुपरिवेक्षण गर्ने चौकिदारको पदमा नियुक्त गरिएको छ, भने निरज कठायतलाई कार्यालय संग जोडिएको पार्कको रेखदेखका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरि अर्को व्यवस्था नभएसम्म ६ महिनाका लागि ठाडो नियुक्ती दिइएको छ ।
यस्तै सुनिता रानालाई रौतेली स्वास्थ्य चौकीमा कोभिड- १९ रोकथाम सम्बन्धी कामकाजका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरी अर्को व्यवस्था नभए सम्मका लागि अहेब पदमा २० हाजर तलब खानेगरी माघ १ गते देखि २०७९ असार मसान्त ६ महिना सम्मका लागि नियुक्ती दिएको पाईएको हो ।
उता रौतेली विचुवा स्वास्थ्य चौकी प्रमुख अरवीन्द्र कुमार शाहीले भने हामि संग सरकारको मापदण्ड अनुरुप हुनुपर्ने दरबन्दी बमोजिम हुदा हुदै पनी थप अहेव राख्ने निर्णय भएछ हामिलाई थाहा थिएन । उहाँका अनुसार “केहि दिन अघि मात्र आफु स्वयंम सेवकको रुपमा काम गर्छु भनी सुनिता राना आएकि हुन पछि गाउँपालिकाबाट तलब खुवाउने गरी राखिएको पछि मात्र थाहा पाएको बताए ।”
अहिले गणेश दत्त भट्ट सरुवा भई सक्नु भएको छ । उहाँलाई यसबारेमा बुझ्दा आवश्कता अनुसार गाउँपालिका अध्यक्षको सल्लामा दैनिक ज्यालादारीमा राख्ने भने पछि नियुक्ती गरिएको बताए । उनले भने ”आवश्यकता थियो सोहि बमोजिम ६ महिनाका लागि राखिएको बताउदै यसमा आफ्नो कुनै स्वार्थ नभएको र अध्यक्षबाट कुरा आएपछि गाउँपालिकाको आफ्नो कार्य अधिकार बमोजिम तिन जनालाई भर्ना गरिएको बताउनु भयो ।”
यस्तै यस विषयमा गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीलाई केहि दिन अघि बुझ्दा थाहा नभएको बताएका उहाँले अहिले गाउँपालिकाको आवश्यकता बमोजिम दैनिक ज्यालादारीमा राखिएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम राज जोशीले ंआफुले हिजो मात्र थाहाँ पाएको बताए । उहाँले सो कार्य सरासर गलत भएको बताउदै यो कसरी भएको हो, के आधारमा नियुक्ती गरे तुरुन्त कार्यपालिकाको बैठक बसालेर ७ दिन भित्रै यसको जवाफ दिने बताए ।
उनले भने ”कुनै निर्णय छैन् सिधा नियुक्ती दिन त नमिल्नु पर्ने म सबै प्रकृया हेरेर जवाफ दिने बताए ।” नियुक्त हुनेमा कठायत वडा नं-२ का अध्यक्ष प्रेमराज खातीका ज्वाई हुन भने बिष्ट हालसालै नेकपा एमाले जिल्ला कमिटी सदस्य विर बहादुर बिष्टका भतिजा हुन, र राना गाउँपालिका अध्यक्ष निकट हुन ।
नियुक्ती पत्र सहित हेर्नुस्



