कञ्चनपुर- जिल्लाकाे बेदकोट नगरपालिकामा अख्तियार दृुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेको जमिन अब फुकुवा गरेको छ । धेरै समय पछि राेक्का गरिएकाे जमिन फुकुवा गरिएपछि त्यहाका स्थानिय हर्षित बनेका छन् ।
काँग्रेस नेता सिरोमणी कुमार ओझा(सुर्य)ले काँग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्री एनपी साउदको पहलमा रोक्का जमिन फुकुवा गरिएको बताए ।
उनका अनुसार यस अघि बेदकोट नगरपालिका ७, ८ र ९ वडाहरुमा जमिन नामसारी रोकेको थियो । उक्त कार्य रोक्दा सेवाग्राही मारमा परेका थिए । अब जग्गा फुकुवा भएपछि साे क्षेत्रका स्थानिय खुसि भएका छन् ।
काँग्रेस नेता ओझाकाे विशेष पहलमा काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री साउदले किसान लक्षित थुप्रै कार्यहरू गरिरहनु भएकाे साे क्षेत्रका स्थानियकाे भनाई रहेकाे छ ।

