`विप्लप´ कार्यकर्ताले बझाङमा लाखौं भ्रष्टाचार गर्ने वडा अध्यक्ष र सचिवमाथि दल्याे कालाे मोसो,, भ्रष्टाचारीकाे भागा भाग

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बझाङको वित्थडचिर गाउँपालिकाका वडा अध्यक्ष र सचिवलाई कालोमोसो दलेको छ ।

वित्थडचिर गाउँपालिकाका वडा नंं ८ का अध्यक्ष जय बहादुर मल्ल र वडा सचिब दत्तराम अवस्थीलाई आईतवार कालोमोसो दलेको हो ।

अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष कमल थापाले विज्ञप्ति जारी गर्दै अध्यक्ष मल्ल र सचिव अवस्थीले वडामा लाखौ भ्रष्टचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेकोलगायत काममा अनियमितता गरेका कारण जनकारबाही गरिएकोे बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *