कञ्चपुरका स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मीहरु विभिन्न १४ बुदे माग राख्दै आन्दोलित

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर–जिल्लाका स्थानिय तहहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु आफ्ना विभिन्न १४ बुदे माग राख्दै आन्दोलित भएका छन् । कञ्चनपुरका नौ वटै पालिकाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु पेशागत हकहित र विभिन्न सेवा सुविधाहरुको माग राख्दै नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चपुर आफ्ना विभिन्न १४ बुदे माग सहित आन्दोलनमा उत्रेका हुन ।

हरेक संकटका बेलामा स्वास्थ्य जस्तो सम्बेदनशील विषयमा दिन रात नभनी अग्रपंतीमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरु माथि स्थानिय तहहरुले सेवा सुविधाका सवालमा विभेद गरेको भन्दै आफ्ना पेशागत हकहितका लागि संगठनले राखेका विभिन्न मागहरु पुरा गरीदिन ज्ञापन पत्र बुझाउने कार्यक्रम गरीरहेको नेपाल स्वास्थ्य प्राविधिक संघका जिल्ला अध्यक्ष मान बहादुर चन्दले बताउनु भयो ।

सोहि कार्यक्रम अन्तरगत सोमबार बेलडाँडी गाउपालिका, बेलौरी नगरपालिका र लालझाँडि गाउँपालिका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएको नेपाल स्वास्थ्य प्राविधिक संघका जिल्ला अध्यक्ष चन्दले जानकारी दिनु भयो । ज्ञापन पत्र बुझाउने कार्यक्रमको शुरुवात बेलडाँडी गाउँपालिकाबाट गरिएको सोमबार मात्र तिन पालिकामा बुझाएको र अन्य पालिकामा भने मंगलबार बुझाउने कार्यक्रम रहेको उहाँले बताए ।

यसरी ज्ञापन पत्र बुझ्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले हरेक समस्या र महामारीका समयमा स्वास्थ्यर्मीहरुले पुर्याएको योगदानको उच्च प्रशंसा गदै स्वास्थ्यकर्मीहरुको संगठन नेपाल स्वास्थ्य प्राविधिक संघले राखेका मागहरु जायज रहेकाले सकेजति सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । यस्तै प्रमुख प्रशासकिय अधिकृत पदम राज जोशीले स्वास्थ्यकर्मीहरुका सकारात्मक मागहरुको सामाधनका लागि खाग्ने धारणा राख्नु भएको थियो ।

बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले ज्ञापन पत्र बुझ्दै स्वास्थ्यकर्मीहरुका मागका सवालमा आफ्नो ध्यानाकर्षण भएको नगरपालिकाको क्षमताले भ्याए सम्म समाधान गर्न सकिने कुरामा आफु सकारात्मक रहेको बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत रवीन्द्र प्रसाद चौधरीले नितिगत रुपमा सम्बोधन गर्न सकिने मागहरु छलफल गरी पुरा गर्न आफु सकारात्मक रहेको बताए ।

यस्तै लालझाँडी गाउँपालिकाका अध्यक्ष मदनसने वडायकले स्वास्थ्यकर्मीहरुले विगतको समयमा उल्लेख्य र उदाहरणि कार्य गरेको बताउदै माहामारीका बेलामा गरेको कार्यको प्रति आभार प्रकट गदै आगामी दिनमा १४ माग मध्ये मुख्य मुख्य मागहरु सम्बोधन गर्नेमा आफ्नो सहयोग रहने बताउनु भयो ।

यसरी सबै स्थानिय तहमा ज्ञापन पत्र बुझाए पश्चात पनि माग सम्बोधन नभएमा चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्ने योजना रहेको नेपाल स्वास्थ्य प्राविधिक संघले जनाएको छ ।
यस्ता छन १४ बुदे मागहरु

                                                                     विज्ञप्ती सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *