धनगढि – कैलालीको धनगढीस्थित ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरी गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बडुवालले मोबाइल चोरी गरेका हुन् । उनिहरू दुई जना विरूद्व फाैजदारी मुद्वा दर्ता गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जानााएकाे छ ।
बुधबार उक्त मोबाइल ग्यालरीमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । लागुऔषध कोरोबारीलाई पक्राउ गर्न गएका माल र बुडालले मोबाइल चोरी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेदप्रकास जोशीले बताउनु भयाे ।
‘मोबाइल पसलमा रहेको सीसी क्यामेराको भिडियोमा उनीहरुले मोबाइल चोरी गरेको देखिन्छ,’ उनले भने, ‘उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ बिहीबार उनीहरुबिरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरिएको प्रवक्ता जोशीले बताए ।
यसरी ड्युटिमा खटिएकाे प्रहरीले चाेरि गर्न थालेपछि प्रहरीकाे सुरक्षा माथि र संगठनमा समेत प्रश्न खडा भएकाे छ ।

