कञ्चनपुर – जिल्लाकाे बेदकाेट नगरका आरक्षपीडितलाई काँग्रेस नेतृ जाेत्कसना साउँदकाे पहलमा कपडा वितरण गरिएको छ । रुडुक नेपालले बेदकोट नगरपालिका ९ सुन्दरपुर क्षेत्रका आरक्षपीडितलाई न्याना कपडा वितरण गरेको हो ।
शितहलर बढ्दै गएपछि विपन्न परिवार संकटमा परेको भन्दै रुडुक नेपालले विपन्न आरक्षपीडितलाई न्याना कपडा (कम्बल) वितरण गरेको छ ।
नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता सिरोमणी कुमार ओझा(सुर्य)ले पीडितको नाजुक अवस्था देखेर रुडुक नेपालकी महासचिव एव काँग्रेस नेतृ साउँदको विशेष पहलमा पीडित परिवारलाई न्याना कपडा वितरण गरिएको बताए । रुडुक नेपालका सह सचिव पवन नेपालीले २ सय ६० परिवारलाई न्याना कपडा वितरण गरिएको बताए ।
काँग्रेस कञ्चनपुरका पाटी सभापति पदम बोगटीको प्रमुख आथित्यमा न्याना कपडा वितरण गरिएका थिए । चिसोमा न्याना कपडा पाएपछि पीडित हर्षित भएका छन ।

