बाँकेमा बाघको आक्रमणमा परि एक जना महिलाको ज्यान गयो

मुख्य खवर राजनीति विशेष समाचार

काठमाण्डाै – बाँकेमा आज फेरि बाघको आक्रमणमा परि एक जना महिलाको ज्यान गएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं ६ अब्रहवाकी चाँदनी थारुको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

थारु साथीहरुसहित बाँके राष्ट्रिय निकुञ्ज नजिकैको वनमा  माघीका लागि पात टिप्न जानुभएको थियो । थारुलाई पात टिप्न गएको ५, ६ जनाको समूहकै बीचबाट झम्टिएर बाघले लगेपछि अरुले भने  भागेर ज्यान जोगाउन सफल भएका थिए ।

दुई दिनअगाडि मात्रै बाघको आक्रमणबाट घाँस काट्न गएकी राप्ती सोनारी ४ की ५३ वर्षीया लिला विष्टकाे ज्यान गएको थियो । बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा पाटे बाघको जोखिम रहेको भन्दै बाँके राष्ट्रिय निकुञ्जले सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *