नेपाली काँग्रेस बेलडाँडीद्वारा बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर – नेपाली काँग्रेस बेलडाँडी कञ्चनपुरले बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रमकाे सम्पन्न गरेकाे छ ।

शनिवार बेलडाँडी गाउँपालिकाकाे सभा कक्षमा काँग्रेस बेलडाँडीले देशैभर सम्पन्न १४ औं महाधिवेशनमा विजयि हुने, पराजय हुनेका साथै सबै आफ्ना नेता, कार्यकर्ता संग बधाई तथा धन्यावाद कार्यक्रम सम्पन्न गरेकाे हाे ।

काँग्रेस बेलडाँडीका सभापति गज बहादुर विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य एवं काँग्रेस नेता दिवान सिह विष्ट रहनु भएकाे थियाे । भने विशिष्ट अतिथिमा जिल्ला उप-सभापति हरिचन्द्र राना रहेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै संविधानसभा सदस्य एवं काँग्रेस नेता दिवान सिह विष्टले १४ औं महाधिवेशनमा विजयी हुने नेताहरूलाई बधाई तथा धन्यावाद प्रकट गर्नु हुँदै काँग्रेसलाई अबकाे निर्वाचनमा विजयी गराउने हिसावले पार्टी पंक्तिका सबै नेता कार्यकर्ता लाग्नु पर्ने बताउनु भयाे ।

उहाँले कञ्चनपुर क्षेत्र नम्बर- १ मा बाहिरकाले आएर चुनाव लडने कुरा आफुलाई सहय नहुने बताए । त्यसका लागि यहाँकै छाेरा हुनु पर्ने भन्दै पार्टी भित्र उपगुट गरी नहिडन नेता कार्यकर्तालाई अनुराेध गर्नु भयाे ।

यस्तै उनले “अहिले काँग्रेसले यश क्षेत्रमा निर्वाचन हार्नाले धेरै विकास निर्माणका काम नभएकाे बताउदै काँग्रेसले जित्याे भने यश क्षेत्रकाे बेलाैरी भन्सार नाका बनाउने र यहाँकाे अार्थिक विकासका सवालमा काम गरिने बताए ।”

यस्तै काँग्रेस जिल्ला उप-सभापति हरिश्चन्द्र रानाले १४ औ  महाधिवेशनमा नेता कार्यकर्तामा भएका तिक्तताहरू विर्सेर अगाडि बढनु पर्ने बताउदै काँग्रेसलाई सबैले बलियाे बनाउन भुमिका खेल्नु पर्ने धारणा राखे ।

उनले “जनताकाे काम गर्न सबैले लाग्नु पर्ने बताउदै बेलडाँडि बलियाे बनाउन जसरी लागि रहेका छाै, त्यसैगरी क्षेत्र बलियाे बनाउन लाग्नु पर्ने बताउनु भयाे ।”

काँग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि जनक सिंह धामिले स्वार्थ पुर्ण राजैनिक गरिरहेका कम्युनिस्टहरूले देश निर्माणका सवालमा केही गर्न नसकेर जनताकाे मतलाई धाेका दिएकाे बताए ।

उनले भने `काँग्रेस याे देशकाे हरेक समस्यामा काँग्रेसलेनै काँध हालि नेतृत्व लिई अभिभावककाे भुमिका निर्वाहा गर्दै अाएकाेले पनि अब जनताले कम्युनिस्टहरूलाई चिनिसकेकाले अबकाे निर्वाचनमा काँग्रेसनै याे देशमा पहिलाे पार्टी बन्ने बताए ।´

यस्तै नेता धामिले पार्टी भित्रका मनमुटावका विगतका कुराहरू विर्सेर सबै नेता कार्यकर्ता एकीकृत भएर जानु पर्नेमा जाेड दिनु भयाे ।

महाधिवेशन प्रतिनिधि प्रकाश राज पन्तले अबकाे राजनिति विकास र परिवर्तनका क्षेत्रमा केन्द्रत हुन अावश्य रहेकाे धारणा राख्दै महाधिवेशनमा विजयी गराउनु हुने सबैलाई धन्यावाद प्रकट गरे ।

साे कार्यक्रममा मनतव्य राख्ने अधिकाशं बक्ताले अापसि मतभेदकाे अन्त्य गरि काँग्रेसलाई बलियाे बनाउनु पर्नेमा जाेड दिएका थिए ।

कार्यममा क्षेत्र नम्बर-१ का क्षेत्रीय सभापति , प्रदेश सभापति, महाधिवेशन प्रतिनिधि, वडा सभापति, जिल्ला सदस्य लगायत पार्टीका विभिन्न तह तप्काका नेता तथा कार्यकर्ताले शुभकामना मनतव्य राखेका थिए ।

महाधिवेशन प्रतिनिधि राधिका देवि जाेशिले सबै पार्टीका नेता तथा कार्यकर्तालाई अब एक ढिक्का भएर जानुकाे विकल्प नभएकाे बताए । उहाँले १४ अाै महाधिवेशनमा नेतृत्व पंक्तिमा विजयी हुनेलाई बधाई दिनु हुँदै पराजय हुनेलाई समेत निराश नभई पार्टी नेतृत्वले सबैलाई मिलाएर लग्नु पर्ने अाैल्याउनु भयाे ।

गाउँ कार्यसमिति बेलडाँडी सचिव कुलैराज उपाध्यायकाे सवागत मनतव्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन भने वडा नम्बर -४ का वडा सभापति बाबुराम राेकायाले गर्नु भएकाे थियाे ।

तस्बिर …..

Leave a Reply

Your email address will not be published. Required fields are marked *