रमेश प्रसाद भट्ट/कञ्चनपुर- चाैधर नदि नियन्त्रणका लागि ईन्जिनियर सहितकाे प्राविधिक टाेलिले नक्साकंन गरी डि.पि.आर. गर्ने कार्य अघि बढेकाे छ ।
बुधबार जनताकाे तटबन्ध कार्यालय कञ्चनपुरबाट ईन्जिनियर सहितकाे प्राविधिक टाेलिले बेलडाँडी गाउपालिका वडा नम्बर -५ ईमलिया देखि झिलमिला सम्मकाे चाैधर नदि प्रभावित क्षेत्रकाे पहिचानका साथै नक्साकंन गरी डिपिआर गर्ने कार्य अघि बढेकाे हाे ।
जनताकाे तटबन्ध कञ्चनपुरका ईन्जिनियर अरूण शाह सहितकाे प्राविधिक टाेलिले नदिले प्रभावित गर्ने क्षेत्र ईमलिया देखि पल्लाे झिलमिला सम्मकाे पहिचान र नक्साकंनका लागि नापजाँच कार्य गरिएकाे चाैधर नदि नियन्त्रण संघर्ष समिति बेलडाँडिका अध्यक्ष जनक सिह धामिले जानकारी दिनु भयाे ।
उहाँका “अनुसार अहिले नापजाँज गरी नदिले कटानि र पटानी गर्ने क्षेत्रकाे पहिचान गरी नक्साकंन गरीएकाे बताउदै केही दिनमै गुरु याेजनाका लागि डि.पि.आर. गर्ने कार्य गरिने गरी कार्यकाे शुरूवात भएकाे बताए ।”
चाैधर नदि नियन्त्रण संघर्ष समिति बेलडाँडीले स्थानिय देखि संघ सरकार सम्मकाे पहल कदमि पछि काम अघि बढने कार्यकाे शुरूवा त भएकाे हाे ।
केही दिन अघि मात्र चाैधर नदि नियन्त्रण संघर्ष समिति बेलडाँडीका अध्यक्ष धामि र काँग्रेस नेता एवं पुर्व मन्त्री रमेश लेखकले काठमाडौ गई उर्जा जलस्रोत तथा सिचाँई मन्त्रीलाई नदि नियन्त्रणका लागि गुरु याेजनाकाे माग गरेका थिए ।
त्यसकाे जवाफमा सिचाँई मन्त्री पम्फा भुसालले तत्कालै कार्य अघि बढाउने आश्वासन दिनु भएकाे थियाे । यसरी नदि नियन्त्रणका लागि कार्य अघि बढने भएपछि बेलडाँडी-५ का स्थानिय हर्षत भएका छन् ।


