बेलडाँडी गाउँपालिकाकाे १०औं गाउँसभा (हिउदे अधिवेशन) सम्पन्न

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/ कञ्चनपुर-  बेलडाँडी गाउँपालिकाले आफ्नो १०औं गाउँसभा (हिउदे अधिवेशन) सम्पन्न गरेको छ । मंगलबार  गाउँपालिकाकाे सभा कक्षमा एक विशेष कार्यक्रमका माझ आफ्नो १०औ गाउँसभा अर्थात हिउदे अधिवेशन भव्य रूपमा सम्पन्न गरेकाे हाे ।

गाउँ सभाले विशेष गरेर चालू आर्थिक बर्ष २०७८/०७९ मा गाउँ कार्यपालिकाकाे बैठकले गरेका निर्णयहरू, पाैष मसान्त सम्मकाे अाम्दानि र खर्च अनुमाेदन गरेकाे छ । यस्तै विभिन्न याेजना तथा कार्यक्रम परिवर्तन गर्ने सम्बन्धि समेत माग भएका थिए ।

यस्तै गाउँपालिका भित्रका विभिन्न पहिचान भएका याेजनाहरू प्राथमिकिकरण गरि राष्ट्रिय याेजना आयाेगमा पठाउने निर्णय पारित गर्दै गाउँसभा सम्पन्न गरेको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले बताउनु भयाे । उनले भने “गाउँ कार्यापालिकाकाे बैठकले हाल सम्म गरेका निर्णयहरू र अन्य विभिन्न याेजना तथा कार्यक्रमहरू परिवर्तन गर्ने सवालमा निर्णय भएकाे बताए ।”

कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाउँ पालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीका अनुसार हिउदे अधिवेशनमा खासै अन्य त्यस्ताे निर्णयहरू नहुने भएकाले अहिले सम्म भए गरेका विषयलाई सभासदहरूले सर्वसम्मत रूपमाअनुमाेदन गरिएकाे  बताउनु भयाे ।

गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य गुड्डि नेपाली, गाउपालिकाका उपाध्यक्ष कमला देवि कार्कि रहनु भएकाे थियाे ।
अतिथिहरूमा गाउँ पालिकाका सभासदहरू, विषयगत शाखाका प्रमुख र पत्रकार रहेका थिए । साे कार्यक्रमको संचालन बेलडाँडी स्वास्थ्यका स्वास्थ्यकर्मी महेश खत्रीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *