कञ्चनपुरको बेलौरीमा काँग्रेसले मनायो ४६औं राष्ट्रिय मेलमिलाप दिवस

मुख्य खवर राजनीति विशेष समाचार

कंचनपुर– जिल्लाकाे बेलौरीमा नेपाली काँग्रेसले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप कार्यक्रमको अबसरमा बिचार गोष्ठीको आयोजना गरि मनाएको छ ।

नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर- १ प्रदेश ख को आयोजनामा शुक्रवार कार्यक्रमको आयोजनामा मेलमेलाप दिवस मनाएकाे हाे ।

देशमा लोकतान्त्रिक राज्य ब्यबस्था स्थापनाका लागि राष्ट्रिय शक्ति बीच एकता र मेलमिलाप गर्दै निरंकुश पंचायती राज अन्त्य गर्न जननायक बिपी कोइराला स्वदेश फर्केर आन्दोलनको सुरुआत गरेको दिनको स्मरण गर्दै नेपाली काँग्रेसले पुस १६ लाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउदै आएको छ।

कार्यक्रममा नेपाली काँग्रेस कञ्चनपुरका नेता दिवानसिंह बिष्ट प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा काँग्रेस जिल्ला उप-सभापति हरिचन्द्र राना लगायत काँग्रेस नेता तथा कार्यकर्ता, नेकपा एमाले , नेकपा माओवादी , राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरुका प्रतिनिधि समेतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दे काँग्रेस नेता विष्टले सबै नेपालिले राष्ट्र र राष्ट्रियताकाे रक्षाका लागि एक भई मेलमेलापकाे नीति अपनाई अघि बढनु पर्ने धारणा व्यक्त गर्नु भयाे । उहाँले भने हरेक संकटमा नेपाली काँग्रेसले देशकाे नेतृत्व समाल्दै अाएकाे बताउदै अागामि निर्वाचनमा नेपाली काँग्रेस पहिलाे पार्टि बन्ने बताए ।”

यस्तै उहाले जनताले दुई तिहाईकाे सरकार रहेकाे कम्युनिस्ट सरकारलाई अझ्माई सकेकाे भन्दै अब ३ वटै क्षेत्रमा काँग्रेसनै विजयी हुने बताए ।

प्रवासमा बसेर मुलुकमा प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन गर्नु भन्दा स्वदेशमै बसेर राष्ट्रिय शक्ति हरुका बिच एकता र सहकार्य गर्दै प्रजातन्त्र पुनःस्थापना सहज र मुलुकको राष्ट्रियताको रक्षा हुने भन्दै जननायक विशेश्वर प्रसाद कोइराला बिपीले आफुलाई निरंकुश शासकको जोखिम मोलेर आन्दोलनमा होमिन स्वदेश फर्किएको दिनको स्मरणमा काँग्रेसले देश भर कार्यक्रमको आयोजन गर्दै आएको छ ।

नेपाली काँग्रेस प्रदेश ख का सभापति चेतन राईको सभापतित्वमा कार्यक्रम संचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *