सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी,, कामकाज पुर्ण रूपमा प्रभावित

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ । लामो समय बाट विश्वविद्यालय संग विभिन्न मागहरु राखेर अखिल क्रान्तिकारी आन्दोनमा हुदा पनि मागहरु पूरा गर्न पदाधिकारि उदासिन भएको भन्दै शुक्रबार तालाबन्दी गरेको हो ।

अखिल क्रान्तिकारीले भागबण्डाका आधारमा छापामार शैलिमा कर्मचारि नियुक्ती गरेको यसले आर्थिक दुरुपयोग हुने, खुला बिधिबाट सेवा आयोग मार्फत दक्ष जनशक्ति भर्ना नगरेको, आफ्ना नातागोतालाइ केही महिनाका लागि करारमा राख्ने र आन्तरिक रुपमा स्थाइ गर्ने, आवश्यक भन्दा बढि पदाधिकारि राखेको विभिन्न संकायमा सहायक डिन, निर्देशकहरुका पदहरु सिर्जना गरि भर्ना गरेको, थोरै विद्यार्थी भएको विश्वविद्यालयमा परीक्षा नियन्त्रक बाहेक तीन ओटा सम्म सह परीक्षा नियन्त्रक राखेको जस्ले अनावश्यक आर्थिक भार बढ्ने आरोप संगठनको छ ।

भर्ना समय छोट्याएर समयमै भर्ना थाल्नु पर्ने, प्रबेश परीक्षा शुल्क घटाउनु पर्ने, बिश्वबिद्धालय र क्रान्तिकारीले बिच भएको सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका मागहरु राखेर निरन्तर फ्लोअपमा थियो यती गर्दा पनि विश्वविद्यालयले कार्यान्वयन गर्न तर्फ ध्यान नदिएको भनेर आज तालाबन्दी गरेको संगठनका सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय अध्यक्ष गणेशराज मिश्रले बताए ।

विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठकले २ बर्षबाट कुनै कर्मचारि भर्ना नगरेको , अनावश्यक पदाधिकारि भर्ना नगरेको र आन्दोलनरत पक्षसंग निरन्तर छलफलको प्रयासमा रहेको बताए ।

चरम राजनितिककरणका कारण विश्वविद्यालयमा लगातार एक पछि अर्को तालाबन्दी हुँने गरेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दीका कारण पुर्ण रुपमा काम काज ठप्प भएको छ ।

तालाबन्दी कार्यक्रम मा संगठनका सह सचिव प्रेम परियार लगायत संगठनका नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *