महाकाली सिचाँई द्धितिय चरण क्षेत्रीय समिति बेलडाँडीको नवौ बार्षिक साधारण सभा सम्पन्न

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- महाकाली सिचाँई जल उपभोक्ता संघ द्धितिय चरण क्षेत्रीय समिति बेलडाँडीको नवौ बार्षिक साधारण सभा सम्पन्न छ । शुक्रबार एक कार्यक्रममका माझ बेलडाँडी- २ क्याम्प स्थित आफ्नै सभा कक्षमा नवौ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गरेको हो ।

महाकाली सिचाँई जल उपभोक्ता संघ द्धितिय चरण क्षेत्रीय समिति बेलडाँडीका अध्यक्ष विर बहादुर वडुवालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाउँपालिकाका प्रमुख धन बहादुर थापा क्षेत्री रहनु भएका थियो । भने विशिष्ट अतिथिमा केन्दिय समिति अध्यक्ष रमेशचन्द्र जोशी, डिभिजन प्रमुख तारा प्रसाद भट्ट, प्रथम चरण क्षेत्रीय समिति अध्यक्ष दिलिप वडायक रहेका थिए । भने अतिथिहरुमा विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा बाल्दै प्रमुख अतिथि थापा क्षत्रीले सिचाँईका क्षेत्रमा द्धितिय चरण बेलडाँडीले महत्वपुर्ण कार्य गरेको भन्दै आगामी दिनमा समेत राम्रो उपलब्धी हासिल होस भन्ने शुभकामना व्यक्त गर्नु भयो । उहाँले अबका दिनमा पालिका संग पनी सहकार्य गरेमा गर्न सकिने सहयोग गर्न आफु प्रतिवद्ध रहेको धारण व्यक्त गरे ।

यस्तै विशिष्ट अतिथि महाकाली सिचाँइ महेन्द्रनगरका डिभिजन प्रमुख तारा प्रसाद भट्टले अन्यका तुलनामा बेलडाँडीमा सिचाँईका क्षेत्रमा उलेख्य कार्य भएको बताउदै, सिचाँईको सुविधाको पहुच नभएको तिन वटा ठाउमा डिक टेवल बोरगं समेत जडान गरिने बताउनु भयो । उनले पानीको समस्याबाट अब कसैले पनी बञ्चित हुन नपर्ने धारणा राख्दै त्यसका लागि आफुले समेत प्रयास गरिरहेको बताउनु भयो ।

बार्षिक प्रगति प्रतिवेदन अध्यक्ष वडुवालले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शुभकामना मनतव्य राख्ने अधिकाशं वक्ताहरुले सिचाँईको विस्तार गरी जति सक्दो किसानको हितमा हुने गरी कार्य गर्नु गर्ने धारण राखेका थिए । कार्यक्रम सकिए लगतै बन्द सत्र शुरु भएको थियो खुला सत्र कार्यक्रमको सञ्चालन भने महासचिव हर्कराज जोशीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *