कञ्चनपुर- जिल्लाको बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका विच बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले ५औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।।
बार्षिक साधारण सभाको बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाले उद्घाटन गर्दै ग्रामिण भेगका महिला सम्मिलित सहकारीले महिलाको आर्थिक विकास, सीप एव उन्नतीका लागि थुप्रै काम गरेको प्रसंसा गदै पालिकाबाट सक्दो सहयोग गरिने बताए ।
बिशिष्ठ अथिति समेत रहेका गाँउपालिका उप-प्रमुख कमला कार्कीले सहकारीले महिलाको आर्थिक विकासमा थुप्रै काम गरेको भन्दै प्रसंसा व्यक्त गरिन् ।
सुदूरपश्चिम कृषि सहकारी संस्थाका अध्यक्ष धर्मसिह कुँवरले सहकारीले क्रान्तिकारी परिर्वतन ल्याएको भन्दै सहकारी नेतृत्वप्रति आभार प्रकट गरे ।
कार्यक्रममा सहकारीका प्रबन्धक विमला कुमारी बडुवाले गत आर्थिक बर्ष २०७७/०७८ र चालु आर्थिक बर्ष २०७८/०७९को बजेट, कार्यक्रम लक्ष्य बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रबन्धक बडूवालको कार्यपत्रमा साधारण जगेडा कोषमा २५ र शेयर कित्ताको आधारमा प्रति कित्ता ७ प्रतिशत लाभांस वितरण गरिने बताए । लेखा समिति संयोजक प्रेमा कुमार बडूवालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले पारदर्शी समानता ढङगबाट आर्थिक गतिबिधी गरिरहेको बताए ।
कार्यक्रमका सहकारीका अध्यक्ष कमल रेग्मी(जोशी)ले समेत १५ बुँदे प्रस्ताव पेश गरेकी छिन । अध्यक्ष कमलाले प्रस्तुत गरेको प्रतिवेदनमा नीति, कार्यक्रम, ऋण सीमा, शेयर लाभान्स तथा सदस्यकोष वितरण, सहकारीको अधुरो भवन निर्माण, मलखाद वितरण, कोष बाँडफाँड लगायतका प्रस्ताव पारित गरिएका छन ।

