बागमतीका नवनियुक्त ६ मन्त्रीले लिए शपथ

मुख्य खवर राजनीति विशेष समाचार

हेटौंडा : बागमती प्रदेशको नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन्।प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसबाट मन्त्री बनाएका ६ जनाले आज शपथग्रहण गरेका हुन्।

मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसको ३/३ जनालाई मन्त्री र राज्यमन्त्रीको रुपमा सरकारमा सहभागी गराएका छन्।नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

शुक्रबार कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्रीमा दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलले शपथग्रहण गरेका छन्।

त्यसैगरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली र रजनी अमात्य जोन्छेले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा शपथग्रहण गरेका छन्।

आज ३ राज्यमन्त्रीसहित ६ मन्त्री थपिएसँगै बागमती प्रदेश सरकार १८ सदस्यीय बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *