श्रीसिद्ध बैजनाथ बहुउद्देश्यीय सहकारी संस्थाको १६औ बार्षिक साधारण सभा सम्पन्न

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/बेलडाँडी- कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर-२ को श्री सिद्ध बैजनाथ बहुउेश्यीय सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका गरी बेलडाँडीको चवन्नी बजारमा स्थित आफ्नै कार्यालयमा साधारण सभा कार्यक्रम सम्पन्न गरेको हो ।

श्री सिद्ध बैजनाथ बहुउेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष क्षितिज भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी-२ का वडा अध्यक्ष प्रेमराज खाती रहेका थिए । विशिष्ट अतिथिमा सहकारी संस्थाका संस्थापक अध्यक्ष मदन बहादुर चन्द, राष्ट्रिय सहकारीका प्रतिनिधि प्रकाश थपलिया रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष खातीले सहकारीका लागि आगामी दिनमा गाउँपालिकाबाट संस्था निर्माणका लागि जग्गा उपलब्ध गराउने कार्यमा सघाउने बताउदै वडाबाट गर्न सकिने सबै सहयोग गर्नै कुरा राख्नु भएको थियो । यस्तै उहाँले सहकारीले आगामी दिनमा थप नयाँ कार्यको समेत थालनी गरी सबै सेयर धनी र किसान वर्गको उत्थान हुने गरी कार्यक्रम सञ्चालन गरोस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बाल्ने अधिकाशं वक्ताहरुले सहकारीको प्रगतीको कामना दिदै सहकारी मध्ये पनी उकृष्ट बनोस भन्ने शुभकामनामा जोड दिए । संस्था स्थापना भएको लामो समय भएता पनी विचमा निष्कृय रहेकोमा एक बर्ष अघि मात्र सकृय युवाहरुले पुन सञ्चालनमा ल्याएका हुन । एक बर्षमा संस्था नाफामै रहेको सहकारी संस्थाले आफ्नो बार्षिक प्रगति प्रतवेदन मार्फत जनाएको हो ।

कार्यक्रममा संस्थाको बार्षिक प्रगति प्रतिवेदन सहकारी संस्थाका प्रबन्धक सरद चन्दले प्रस्तुत गरेका थिए ।  सहकारीले संस्थाका संस्थापक अध्यक्ष मदन चन्द, उकृष्ट बचतकर्ता, उकृष्ट रिणकर्ता लगायतलाई प्रमाण पत्र सहित दोसल्ला आढाएर सम्मान समेत गरेको थियो ।

सहकारी संस्थाका पुर्व अध्यक्ष लक्ष्मी दत्त जोशीको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सञ्चलन भने संस्थाका सचिव सचिन कठायतले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *