लागु औषध खैरो हिरोईन सहित बेलाैरीबाट एक जना पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर – लागु औषध खैरो हिरोईन सहित बुलाैरीबाट एक जनालाई पक्राउ प्रहरीले पक्राउ गरेकाे छ ।

विहिवार दिउसाे ईलाका प्रहरी कार्यालय बेलौरी र प्र.चौ.पचुईबाट खटिएको सयुक्त प्रहरी गस्ती टोलिले बेलौरी नगरपालिका वडा नम्वर- ८ कालोपुल क्षेत्रबाट खैराे हिराेईन सहित पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रमुख प्रहरी निरिक्षक कमल कुमार खडकाले बताउनु भयाे ।

पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका-१३ मोहनपुर श्रीलंका बस्ने अन्दाजि बर्ष २८ का लक्ष्मण सिंह धामी रहेका छन् । प्रहरी निरिक्षक खडकाले भने ” गस्तिमा रहेकाे प्रहरीले शंका लागी चेकजाँच गर्दा खैराे हिराईन सहित पक्राउ गरेकाे बताए ।”

उनकाे साथबाट कालो पलाष्टिक भित्री पोकामा राखेकाे ९.६० ग्राम ला.औ.(खैरो हिरोईन) सहीत पक्राउ गरी कानून बमोजिम थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक खडकाले बताउनु भयाे ।

पछिल्लो पटक कञ्चनपुर प्रहरीले लागू अाैषध ग्राण्ड जिराे अप्रेेशन गरी पक्राउ गदै सफलता हात पार्दै अाई रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *