राप्रपामा लिङ्देनको अग्रता कायमै : २९६४ मतगणना हुँदा ११७ मतले अगाडि

मुख्य खवर राजनीति विशेष समाचार

काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्याशी राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन्। प्रारम्भिक मतगणनामै अग्रता लिएका लिङ्देनले करिब ३ हजार मत गणना सकिँदा एक हजार तीन सय ७१ मतसहित अग्रता कायम राखेका छन्।

अध्यक्षका अर्का प्रत्याशी कमल थापाले एक हजार दुई सय ५४ मत पाएका छन्। हालसम्म दुई हजार नौ सय ६४ मत गनिसक्दा तीन सय ३९ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।

बिहान ३ बजेबाट सुरु भएको मतगणना प्रक्रिया अध्यक्ष पदका लागि कागजी मतपत्रबाट मतदान भएको हो । राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित एक सय ४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *