महाधिवेशन कार्य तालिका अनुसार शुक्रवार सभापति, पदाधिकारी सहित जिल्ला सदस्य पदका लागि ९५ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत नवीन सिंह धामीले बताए ।
१ सभापति, २ उप सभापति, २ सचिव, २ सह सचिव र ४५ जिल्ला सदस्यका लागि ९५ जनाको उम्मेदवारी दर्ता भएको धामीले बताए । आज हुँदै गरेको मतदानमा १ हजार ६ सय १८ जना मतदाता रहेका छन् ।
जिल्ला कार्य समितिका लागि संस्थापन पक्षका काँग्रेस नेता एनपी साउद र इतर समूहका नेता दिवान विष्टको संयुक्त प्यानल खडा भएको छ ।
रमेश लेखकले इतर समूहका केही नेताहरूलाई साथमा लिएर चुनावी मोर्चा बनाएका छन् । यसरी हेर्दा रमेश लेखक प्यानल पनि उतिकै बलियाे देखिएकाे छ ।
सभापतिका लागि एनपी- दिवान पक्षबाट बहादुर सिंह थापा, रमेश पक्षबाट पदम बोगटी, उप सभापतिमा लेखक पक्षबाट शङ्कर बहादुर चन्द, दिवाकर पाण्डे, एनपी दिवान पक्षबाट मीन बहादुर सिंह, हरिचन राना, सचिवमा लेखक पक्षबाट जनक सिंह धामी, सिद्धराज भट्ट एनपी दिवान पक्षबाट हेमराज ओझा भीम भट्ट र स्वतन्त्रमा तर्कराज भट्टले उम्मेदवारी दिएका छन् ।
सह सचिवका लागि एनपी-दिवान पक्षबाट नाफुसिह साउद, हरि प्रसाद अधिकारी, रमेश लेखक पक्षबाट पुष्कल चौधरी, कविराज भट्ट र स्वतन्त्र तर्फ कलक बहादुर सिंहले उम्मेदवारी दिएका छन् ।
पालिका तर्फबाट चार सदस्य निर्विरोध निर्वाचित भएका छन् । दोधाराबाट धनसरा चन्द, शुक्लाफाँटाबाट यशोदा भट्ट, कृष्णपुर नगरपालिबाट पदमा देवी ओझा र लालझाडीबाट राधा राना निर्विरोध चयन भएका छन् ।
निर्विरोध सदस्यमा चयन भएका राधा राना, पदमा देवी ओझा र यशोदा भट्ट एनपी-दिवान पक्षकै नेता भएका छन् । धनसरा चन्द लेखक पक्षका नेता हुन ।

