कञ्चनपुर– पार्टी भित्र होस वा बाहिर काँग्रेस युवा नेता जनक सिह धामी सबैका लोक प्रिय, भावनात्मक एवं सहयोगी काँग्रेसी भएका परिचित नाम हो । उहाँ काँग्रेस कञ्चनपुरका गतिशिल, ईमान्दार र कर्तव्यनिष्ठ नेताका रुपमा परिचित प्रतिबिम्ब युवा नेता हुन ।
बेलडाँडी गाउँपालिका वडा नम्बर ४ बैबाहा घर भएका नेता धामि पछिल्लो पटक पार्टी भित्र हो वा बाहिर निकै परिचित एवं प्रभावशाली व्यक्तीका रुपमा चिनिन्छन् ।
काँग्रेसको १४ औ महाधिवेशन अन्तर कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका नेता धामि काँग्रेस कञ्चनपुरको जिल्ला कार्य समितिको सचिव पदको दौडमा होमिनु भएको छ । उहाँ पार्टी भित्र सबैका विश्वास पत्रा भएकाले पनि उहाँको जित समेत निश्चित रहेको काँग्रेस नेता तथा कार्यकताको धारणा रहेको छ ।
तीन दशकदेखि काँग्रेसमा राजनीतिक गर्दै आएका धामी यतिबेला काँग्रेस कञ्चनपुर सचिव पदका लागि उम्मेदवारी घोषणा गरेर मतदाता भेटघाटमा व्यस्थ छन ।
कोईराला पक्षका बलिया खम्बाका रुपमा परिचित धामीको महाधिवेशन यात्रालाई दुई गुट समुहले समेत रोक्न सकेनन् । उनको लोकप्रियता एव लगनशिलताका कारण काँग्रेस मात्र नभई जनतामाँझ पनि धामी परिचित छन ।
क्षेत्र नम्बर १ बाट एनपी साउद दिवान पक्षको संयुक्त प्यानलसंग उनी रमेश लेखक प्यानबाट महाधिवेशन सदस्य चुनावी मैदानमा होमिएका थिए । महाधिवेशन सदस्य निर्वाचित संगै उनी काँग्रेस कञ्चनपुर सचिव पदमा उम्मेद्धवारी दिनु भएको हो । ।
०४५ साल किशोरा अवस्थादेखि काँग्रेस राजनीतिमा होमिएका नेता धामीले ०४६सालको जनआन्दोलनमा समेत जेल परेका थिए । राजनीतिक संघर्षमा होमिएका धामीले जेलनेलदेखि थुप्रै संघर्ष गरेका छन ।
०४५ मा नेवि संघबाट राजनीतिक यात्रा तय गरेका धामी, ०६४ जनआन्दोलनमा जेल, ०४९ मा सिद्धनाथ बुहुमुखी क्याम्पस नेवि संघ इकाई अध्यक्ष, ०४९ मा सोही क्याम्पस नेवि संघबाट स्ववियू सभापतिका उम्मेदवार बने ।
०४९ देखि ०५१ सम्म नेवि संघ कञ्चनपुर सचिव, ०५१ देखि ०५३ नेपाल शिक्षक संघ कञ्चनपुर सचिव, ०५५ सुकुमबासी आयोथमा काँग्रेसका तर्फबाट जिल्ला सदस्य, ०५६ मा आम निर्वाचन हुँदा केन्द्रीय पर्यवेक्षकको रुपमा दार्चुला खटिए ।
०५८ सालमा काँग्रेस क्षेत्र नम्बर २ को उप सभापति, ०५९ क्षेत्रीय सभापति, ०७२ औँ महाधिवेशनबाट कञ्चनपुर जिल्ला सदस्यमा निर्वाचित भए । जिल्ला सदस्य रहेका धामीलाई पार्टीले प्रशासन विभाग संयोजको समेत जिम्मेबारी दिएको थियो ।
धामीले किशोरा अवस्थादेखि युवासम्म निरन्तर पार्टीका विभिन्न मोर्चा सम्हालेका छन । तर,पनि पार्टी उनलाई थप जिम्मेबारी भने दिएको छैन ।
काँग्रेस कञ्चनपुरको सचिवको यात्रा तय गरेका काँग्रेस नेता जनकसिह धामीले पार्टी एकता, गुटरहित, लोकतान्त्रिक, जनतामुखी, लोकतन्त्र सुदृढ बनाउनका लागि काँग्रेस जिल्ला सचिवको यात्रा तय गरेको बताए । ‘मैले निष्ठा, पार्टीको नीति, सिद्धान्त हित अनुरुप काम गर्छु, ‘उनले भने, ‘मलाई विश्वास छ, नेता कार्यकर्ताले सहयोग गर्नुहुनेछन ।’
चुनावका बेला कोही नेता कतै प्यानल कोही कतैबाट चुनावमा होमिएपनि चुनाव जितेपनि सिङ्गो काँग्रेस कञ्चनपुरलाई एक ढिक्का बनाएर भावि चुनावमा जिताउने आफ्नो योजना रहेको धामीले बताए । उनले जिल्लाभरीका नेता कार्यकर्तासंग सहयोगका लागि अपिल समेत गरेका छन ।
राजनैतिक पृष्ठ भुमि


