“हामिले चार बर्षको कार्यकालमा थुप्रै काम गरेका छौ” पुनर्वासका नगर प्रमुख- थापा

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/ कञ्चनपुर- जिल्लाको पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले चार बर्षे कार्यकालको दौरानमा विकास निर्माण देखिन लिएर थुप्रै कार्य गरेको बताएका छन् ।

स्थानिय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित पुनर्वास नगरपालिकाका नगर प्रमुख थापाले चुनावका बेला जनता संग गरेका बाचा पुरा गदै गएको बताउदै चार बर्षे आफ्नो कार्यकालको दौरानमा विकास निर्माण देखिन लिएर थुप्रै कार्य गरेको बताएका छन् ।

उहाँले भने शुरुवातमा पहिलो प्रथामिकताका साथ नगरपालिकाको भवन निर्माण गर्यो, र त्यसपछि बाटोघाटोको सिमा निर्धारण र अहिले सम्म पालिका भित्र ५० किलोमिटर कालोपत्रे सडक निर्माण गरेको बताए । एघार वटा वडा रहको पुनर्वासमा प्राय सबै वडा कार्यलयका भवन समेत निर्माण गरी सकेका छौ, बाकि रहेका केहि वडा कार्यालयको भवन समेत निर्माणका क्रममा रहेका छन् ।

कृषि क्षेत्रमा जोड दिदै सिचाँईको सुविधा सबै क्षेत्रमा पुर्याएका छौ, यस्तै शिक्षा क्षेत्रमा मा.वि. सबै विद्यालयमा ई हाजिरीको व्यवस्था गदै अनलाईन प्रणालीमको सुविधा समेत गरेको नगर प्रमुख थापाले बताए ।
नगर भित्र कृषि क्षेत्रलाई प्रात्साहान गर्न उखु, धान, तरकारी, मकै, लगायतको पकेट क्षेत्रका रुपमा घोषणा समेत गरेका छौ । उनले भने “वडा निर्धारण गरी पटेक क्षेत्र लागु गदै ति सबैमा उचित अनुदानको व्यवस्ता समेत दिने गरेको बताए ।”

यसै गरी ‘स्वास्थ्यमा प्रत्येक वडामा आधारभुत स्वास्थ्य सेवा समेत लागु गदै पालिका भित्र एक १५ सैयाको अस्पतालको निर्माण कार्य समेत शुरु गरेका छा’ै, उनले भने । यस बर्षको बजेट मुख्यतय हामिले कृषि क्षेत्रमा जोड दिने गरी निर्धारण गरेको समेत बताउनु भयो ।

अहिलेको मुख्य समस्या भनेको भुमि समस्या रहेको भन्दै त्यसको कार्यमा भुमिको सम्पुर्ण तथ्याँकं संकलन गरी सकेको अवस्था भएपनि आयोगको कम रोकिएको हुदा समस्या भएको बताए ।

यस्तै खुल्ला सिमा नाकामा समेत सुरक्षामा शसस्त्र प्रहरीले सुरक्षा कार्यमा सघाए पनि खुला सिमा संग जोएको नगरपालिका भएकाले अन्य चुनौति रहेको बताउनु भयो ।

बेला बेलामा सिमा सम्बन्धि विवाद हुने गरेकोमा नेपाल भारत सिमा क्षेत्रको सिमाकंन निर्धारण हुन नसक्दा समस्या रहेको बताए । केन्द्रबाट सिमा निर्धारण गर्ने टिम आएता पनि कामै नगरी फर्किएको बताउदै हामिले सोचेका थियौ हाम्रो क्षेत्र भित्र सिमामा तारबार लगाउने तर सिमाको याकिन सिमाकंन नहुन सक्दा समस्या भएको समेत बताउनु भयो ।

सो क्षेत्रमा सिमा विवादका क्रममा आफ्नो भुमि रक्षार्थका लागि भारतिय सुरक्षाकर्मीको गोली लागी गोविनद गौतम सहिद समेत भएका छन् । तर सरकारले सिमा निर्धारणमा हाल सम्म सिमाकंनको कार्यमा कुनै कार्य गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *