केरा खेतिमा बेमौषमी वर्षाको असर, कृषक भन्छन बैंकको ऋण कसरी तिर्ने

मुख्य खवर राजनीति विशेष समाचार

डिल्लीराज पन्त/कञ्चनपु्र- असोज ३१ गते देखि ३ दिन सम्म परेको अविर वर्षाका कारण कञ्चनपुर जिल्लामा अन्न वालि, फलफुल तथा तरकारी वालिमा ठुलो क्षती भएको छ । जसका कारण यहाका किसान निकै चिन्तित भएका छन ।

भित्र्याउनै लागेको धान वाली र हिउदे तरकारी वालिमा त ठुलो क्षति गर्यो नै कञ्चनपुर जिल्लामा सयौं विगाह क्षेत्रफलमा व्यवसायिक रुपमा लगाईएको केरा खेतिमा समेत लाखौंको क्षती भएको छ ।
एक रिर्पोटः
विगत एक साता अघि परेको बेमौषमी वर्षाका कारण कञ्चनपुर जिल्लामा नगदे वालिमा रुपमा लगाईएको केरा खेतिमा ठुलो क्षती गरेको छ । पानी संगै आएको हावा हुरीकाकारण फल लागेका केराका वोटहरु ढलेर क्षति भएको हो । केही दिनमा केराका घरि काटेर वेच्ने तयारी गरीरहेकै बेला अनेपेक्षित रुपमा आएको वर्षा र हावाहरीले १ साता भित्रै तयार हुदै गरेका केरा खेतिमा ठुलो क्षती भएको स्थानिय कृषक बताउछन ।

अविरल वर्षा संगै वाढि र डुवान परेर जिल्लामा लगार्ईएको मुख्य वालि धानखेती, फलपुल र तरकारी वालिमा करौडौं मुल्य वरावर क्षती भएको आंकलन गरीएको छ । क्षतीको विवरण लिनै कार्य स्यानिय तकहा कृषि शाखाहरुले गरीरहेका छन । अन्य वालि नलगाई व्यवसायिक रुपमा केरा खेति मात्रै गरीरहेका किसानहरु झनै चिन्तित भएका छन ।

आफुहरुको वर्षभरीको कमाई भनेकै केरा खेति वाट हुने आम्दानी मात्रै भएको तर अहिले खेती मा नोक्सानी भएपछि समस्या परेको र कहि कतै वाट क्षति पुर्तिको व्यवस्था गरिदिन कृषकहरुले सरोकारवाला निकायलाई आग्रह गरेका छन ।

कञ्चनपुर जिल्लामा अधिकांस किसानहरु केरा खतिगर्न तर्फ आर्कषित हुदै गएका छन । धैरै जसो कृषकहरुले भाडामा जमिन लिएर खेति गर्दै आईरहेका छन । पछिल्लो समय जिल्ला प्रशासन र क्वारेन्टाईनले भारत वाट आउने केराको आयातमा रोक लगाए संगै यहाका कृषक झनै उत्साहित भएका थिए । तर केरा बेच्ने समयमै खेतिमा क्षती भईदिदा लगानी नै नउठ्नै र बैंक व्याज समेत तिर्न नसकिने भन्दै कृषकहरुले दुखेसो गरेका छन ।

कञ्चनपुर जिल्लामा व्यवसायिक रुपले केरा खेतिगर्ने कृषकहरुको संख्या ७ सय वढि रहेको छ भने जिल्लामा ५ सय हेक्टर क्षेत्रफलमा केराखेति गरीएको कृषिज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

केरा खेति गर्ने कृषकहरु ले बैक वाट ऋण लिएर घर परिवार नै यसै खेतिको आशामा वसिरहेका बेला प्रकृतिले समेत सानो पुजी भएका किसानहरु को पिडा माथि पिडा थपिदिएको भन्दै राज्यले कुनै न कुनै प्रकारको क्षति दिनुपर्ने र आफुहरु सम्वन्धित मन्त्रालयमा पिडित किसनहरुको क्षतिपुर्तिका लागी दौडधुप गर्दे ज्ञापन पत्र समेत बुझाई कृषकका मागहरु छिट्टै सम्वाधन हुने गरी पहल थालिएको जिल्ला केरा कृषक संघ कञ्चनपुका अध्यक्ष पुर्ण सिंह साउद ले वताएका छन

केरा खेति मात्रै नभई वेमौषमी वर्षाका कारण भएको सवै वालिनाली क्षतीको वास्तविक विवरण संकलन गरी वालिनाली नोक्सानीले विपतमा परेका कृषकहरुलाइृ उचित क्षतिपुर्ति दिन राज्यको दायित्व हो त्यसैले पनी सरकारले खाद्य संकटमा परेका कृषकहरुका पिडामा मलहम लगाउन अविलम्व क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *