महाकाली यातायातको ६१३२ नम्बरको बस दुर्घटना हुँदा मानविय क्षती नभएको बताइएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा ३२ जना सवार रहेको र १० जना घाइते भएका छन्।
घाइतेहरुलाई उपचारका लागि धनगढी लगिदै छ। घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका ६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका ८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार ६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका १० का ३० वर्षीय चन्द्र बहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ।
सडकबाट खसेको बस रुखमा अडीएर रोकिएको बताइएको छ । सकुसल रहेका यात्रुहरु अरु गाडीहरुको प्रयोग गरेर गन्तब्यतर्फ गएका छन् ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको बताइएको छ ।

