बेलडाँडीकाे चाैधर नदि नियन्त्रण गर्न संघर्ष समितिकाे माग

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर – चुरे भएर बग्ने चौधर नदीका कारण बेलडाँडी विपद्को उच्च जोखिममा रहेकोे भन्दै स्थानीयले नियन्त्रणमा जोडदिएका छन ।

कार्तिक पहिलो साता अबिरल रुपमा परेको बर्षाले चौधर नदीमा आएका बाढीले बेलडाँडीमा किसानलाई जोखिमा पारेको छ ।

शनिबार चौधर नदी नियन्त्रण संघर्ष समितिको बैठकमा स्थानीयले नदी नियन्त्रणका लागि गुरु योजनामा जोडदिएका हुन ।

बेलडाँडी क्षेत्रमा चौधर नदी नियन्त्रणका लागि बलियो तटबन्ध निर्माणमा स्थानीयले जोडदिदै विपद्बाट जोखिमबाट समयमै उन्मुक्ति दिलाउनुको विकल्प नभएको स्थानीयको भनाई छ ।

चौधर नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष जनक सिह धामीले चौधर नदिका कारण सिङ्गो बेलडाँडी विपदको उच्च जोखिममा रहेको बताए ।

नदीले बेलडाँडी गाँउपालिका ५ को ईमलिया क्षेत्र पटानी र झिलमिलामा कटानी गरिरहेकोे बताउदै उनले नदीमा आएको बाढीले ७० विगाह क्षेत्रको उखु र १० विगाह धानखेत नष्ट भएको बताए ।

‘चौधर नदी झण्डै गाँउ पसेन, ‘उनले भने, ‘गाँउ पसेको भए ठूलो क्षति हुन्थ्यो ।’संयोजक धामीले चौधर नदी नियन्त्रणका लागि सरकार संचालक सयन्त्र, पालिका, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउने बताए ।

चौधर नदी नियन्त्रण संघर्ष समितिका उपाध्यक्ष लाल बहादुर रावतले ०६४सालदेखि चौधर नदीमा आएकाले बाढीले बेलडाँडीका जनता बाढी डुवानमा पर्दै आएको बताउदै सम्बन्धीत निकायबाट पहल नहुँदा नदी गाँउ पस्ने खतरा रहेको बताए ।

स्थानीय सुरेन्द्र रानाले चौधर नदीका कारण अन्नबाली नोक्सानी भईरहेको बताए । ‘यो नदीले अहिले अन्नबालीमा ठुलो क्षति पुर्याएकाे छ, ‘उनले भने, ‘समयमै नियन्त्रण नभए भविष्यमा ठुलो क्षति पु¥याउँछौँ ।’

स्थानीयले चौधर नदी भनेपछि बेलडाँडी क्षेत्रको पाटो भुल्ने गरेकाले जोखिम निम्तिरहेको बताएका छन । स्थानीयले तीनै सरकारसंग चौधर नदी नियन्त्रणका लागि योजना ल्याउन माग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *