कञ्चनपुर- नेकपा एमालेको वडा अधिवेशन अन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकाका १० वटै वडाहरूमा सर्वसम्मत वडा कमिटी गठन गरिएको छ । शुक्रबार प्रत्येक वडाहरूको भिन्नाभिन्नै स्थानमा आयोजित वडा अधिवेशनमा नयाँ कमिटी चयन गरिएको नेकपा एमालेका बेलौरी नगर कमिटी अध्यक्ष बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।
बेलौरी नगरपालिका वडा नम्बर- १ को वडा कमिटीमा अध्यक्ष नयाँ राम ढुङ्गाना, उपाध्यक्ष माया विक, सचिव कृष्ण बगाले तथा उपसचिव नरबहादुर रोकाया र नन्द बहादुर शाही सहित १८ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर २ को वडा कमिटीमा अध्यक्ष सरस्वती रेग्मी, उपाध्यक्ष रामलाल नेपाली, सचिव बलराम चौधरी तथा उपसचिव खगेन्द्र कुँवर र सविना सुनार सहित २० सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
वडा नम्बर ३ मा अध्यक्ष शिवराज जोशी, उपाध्यक्ष विष्णु पौडेल, सचिव धर्मेन्द्र गिरी तथा उपसचिव बिसराम चौधरी र गीता साउँद सहित ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नगर कमिटी अध्यक्ष न्यौपानेले बताउनु भयो । वडा नम्बर ४ मा अध्यक्ष रुद्र प्रसाद अधिकारी, उपाध्यक्ष नैनादेवी शाही, सचिव कृष्ण नाथ तथा उपसचिव चित्रकला चापागाईँ र शान्ता विक सहित ३१ सदस्यीय कमिटी गठन गरिएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ५ मा अध्यक्ष गुरीलाल चौधरी, उपाध्यक्ष बन्धुराम चौधरी, सचिव बहादुर बिष्ट तथा उपसचिव नारायण चौधरी र अमृता कुँवर सहित १९ सदस्यीय कमिटी गठन गरिएको छ । वडा नम्बर ६ मा अध्यक्ष सन्तोष चौधरी, उपाध्यक्ष नारायण प्रसाद जैसी, सचिव प्रदीप तिवारी तथा उपसचिव असिया राना र मान बहादुर चौधरी सहित २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । वडा नम्बर ७ मा अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष धर्मराज चौधरी, सचिव जग्गुराम चौधरी तथा उपसचिव मधु न्यौपाने र राजकुमारी चौधरी सहित १५ सदस्यीय कमिटी गठन गरिएको बताइएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ८ मा अध्यक्ष जवाहरलाल राना, उपाध्यक्ष धीर बहादुर खत्री, सचिव कृतिलाल चौधरी तथा उपसचिव धनी राम चौधरी र टेक बहादुर चौधरी सहित २७ सदस्यीय वडा कमिटी गठन गरिएको छ । वडा नम्बर ९ मा अध्यक्ष गङ्गादत्त भट्ट, उपाध्यक्ष माधव जोशी, सचिव सुरेन्द्र प्रसाद जोशी तथा उपसचिव मान प्रसाद भट्ट र मिठ्ठु सुनार सहित २१ सदस्यीय वडा कमिटी चयन गरिएको छ ।
वडा नम्बर १० मा अध्यक्ष भानुभक्त ओझा, उपाध्यक्ष रमेश चौधरी, सचिव कालु सिंह विक, उपसचिव अस्मिता चौधरी र बालकुमारी चौधरी सहित ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत रूपमा गठन गरिएको नगर कमिटी अध्यक्ष न्यौपानेले बताउनु भयो । यही कार्तिक १५ गतेका दिन पालिका अधिवेशन हुने बताइएको छ ।

