रमेश प्रसाद भट्ट/कञ्चनपुर –कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले बेमौषमी बर्षाले बाढी पहिरो र डुबानबाट देशले निकै ठुलो क्षती पुर्याएकाले पिडितलाई राहात तथा पुर्नस्थापनाका लागि सरकार लागि रहेको बताएका छन् ।
शनिबार कञ्चनपुरको बेलौरीमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ कञ्चनपुरले आयोजना गरेको बाढी पिडित तथा कार्यकर्ता भेटघाटमा उनले बाढी पिडितका लागि सरकारले राहत तथा पुनर्निर्माणका गरी उचित क्षतिपुर्ति दिने बताएका हुन ।
अहिले किसान निकै पिडा रहेका छन् काटेको धानबाली भित्र्याउन पाएका छैन्न त्यसैले ‘पुनर्निर्माण भन्दा पनि तत्काल राहत पाउनुपर्ने वर्ग किसान हो,’ मन्त्री बडूले भने, ‘योजनाबद्ध ढंगले राहत र पुनर्स्थापनामा सरकार लाग्ने समेत बताउनु भयो ।
डुवान तथा बाढी, पहिरोबाट भएको क्षतिबाट किसान वर्गनै पिडामा रहेका बताउदै राहातको प्याकेज तत्काल ल्याइने मन्त्री बडूले बताएका हुन । उहाँले भन्नु भयो , ‘ पछिल्लो अवस्था हेर्दा बाढी पहिरो तथा डुबानले देशभरनै ठुलै क्षति व्यहोर्नु पर्ने अवस्था आएकाले सरकार छिटो भन्दा छिटो किसानलाई राहात तथा पुर्ननिर्माका लागि तत्काल जुटने बताए ।
फरक प्रसंगमा मन्त्री बडूले अबअयो देशको शासन चलाउने पाले काँग्रेसको काँधमा आएका छ, यो देशमा समस्या ल्याउने कम्युनिष्ट हो, उनीहरुले समस्या ल्याउछन् हामि साधान दिन्छौ भने ।
नेपाली कांग्रेसलाई मुलुक हाँक्ने जिम्मेवारी आएको बताए। ‘मुलुकको सफलता र संविधानको रक्षाका लागि सरकारमा आयौँ,’ उनले भने, ‘अहिले हाम्रासामु चुनौतीहरु पनि धेरै छन्।’
जिल्लाको दक्षिणि भेगका चार पालिका बेलौरी, पुनर्वास, लालभालडी र बेलडाँडीका बाढी पिडित तथा डुवानका बारेमा यथा सिघ्र पहल गरीदिन संविधान सभा सदस्य दिवान सिह विष्टले मन्त्री बडुको ध्यानाकर्ष गराउनु भएको थियो । हजारौ विगाहा किसानको धानबाली नोक्सानी भएको र बाढीबाट भएको क्षतिको उचित छानविन गरी राहातको व्यवस्था गरीदिन समेत संविधान सभा सदस्य विष्टले आग्रह गर्नु भएको थियो ।

