कञ्चनपुर -नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं नेपाल सरकारका कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्र प्रसाद बडु भोलि शनिवार कञ्चनपुरको बेलौरी शनिबार कञ्चनपुरको बेलौरी आउने भएका छन ।
असोज ३१ देखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीले किसानहरुको अन्नबाली लगायतमा पुगाएको क्षेतीको स्थलगत निरीक्षणका क्रममा नेपाल सरकारका कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्र प्रसाद बडु ६ गते शनिवार कञ्चनपुरको बेलौरी आउने कार्यक्रम रहेको नेपाली काँग्रेस कञ्चनपुरले जनाएको छ ।
किसानले धानबाली भित्र्याउने बेला परेको बेमौसमी झरीका कारण डुबानबाट क्षेतीको स्थलगत निरीक्षणका लागि निर्वाचन क्षेत्र नम्बर -१ को बेलौरीमा मन्त्री बडु आउन लाग्नु भएकाे हाे । महेन्दनगर काँग्रेस पार्टी कार्यालयमा विहान भेटघाट कार्यक्रम पश्चात बेलौरी तर्फ आउने कार्यक्रम रहेको छ ।
बेलौरी उद्योग बाणिज्य संघको सभा कक्षमा कार्यकर्ता भेटघाट कार्यक्रम समेत राखिएको काँग्रेस कञ्चनपुरले जानकारी दिएकाे छ ।

