काँग्रेस युवा नेता विष्टकाे पहलमा बाढी पिडित जनताका लागि बेलाैरीमा नि:शुल्क स्वास्थ्य शिविर

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर -नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एवम् महाधिवेशन प्रतिनिधि हरेन्द्र सिंह विष्टको पहलमा बेलौरी बाढीपीडित जनताका लागि निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ ।

शुक्रबार ईशान मेमोरियल अस्पतालद्वारा युवा नेता विष्टको पहलमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको हाे ।

No description available.

काँग्रेस नेता विष्टले बाढी पीडितहरुको न्यायका लागि भन्दै निशुल्क शिबिर संचालन गरेको बताए । उनका अनुसार बेलौरी नगरपालिका १० शिद्धेश्वर माविको प्राङगणमा शिबिर संचालन गरिएको थियो । शिबिरमा बाढीपिडित तथा डुबान क्षेत्रका जनतालाई निशुल्क औंषधी तथा चेकजाँच गरीएकाे जनाईएकाे छ ।

No description available.कार्यक्रममा संविधान सभा सदस्य दिवान सिंह विष्ट, क्षेत्रीय सभापति गोपी प्रशाद उपाध्याय ,सहिद भीमदत्त पन्तका नाति एवम् काँग्रेस जिल्ला सदस्य प्रकाशराज पन्त र रामलाल राना लगायत स्थानीयहरुकाे उल्लेखनीय सहभागीता रहेको थियो ।

निशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीय हर्षित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *