बेलडाँडी प्रहरीले क्याम्पमा नागरिक यात्रु सहायता डेस्क राख्यो

मुख्य खवर विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर-  ईलाका प्रहरी कार्यालय बेलडाँडीले क्याम्पमा नागरिक यात्रु सहायता डेस्क राखेको छ । शुक्रबार बेलडाँडीेको मुख्य प्रवेशद्धार क्याम्पमा एक कार्यक्रम गरी प्रहरीले नागरिक यात्रु सहायता डेस्क राखिएको हो ।

नजिकै आउदै गरेको दशै तथा दिपावलीलाई लक्षीत गरी यात्रुहरुलाई पर्न जाने समस्यालाई ख्याल राखि बेलडाँडीको क्पाम्पमा नागरिक यात्रु सहायता डेस्क राखिएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरिक्षक रबीन्द्र कठायतले बताउनु भयो ।

उहाँका अनुसार ”विशेष गरी चाड पर्वमा यात्रु वर्गलाई यात्राका क्रममा पर्न सक्ने कठिनाई र भाडादरमा समेत अनियमितता हुन सक्ने भएकाले सहि भाडादर कार्यन्वयन गराउनु साथै सुरक्षा सतर्कतामा जोड दिन प्रहरीले यात्रु सहायता डेस्कबाट २४ सै घण्टा निगरानी गरिने बताउनु भयो ।”

यस्तै सोहि अवसरमा कोभिड १९ रोकथाम तथा न्युनिकरणका लागि नियमित कार्यक्रम अनुरुप तपाईको मास्क खोई ? अभियान समेत सञ्चालन गरेको हो । अभियानका क्रममा बेलडाँडी भित्रिने र बाहिरिने यात्रु वर्गलाई प्रहरी निरिक्षक कठायतले मस्क लगाउन जनचेतामुलक कार्य समेत गरेका थिए । सोहि क्रममा आउने जाने यात्रु वर्गलाई मास्क वितरण समेत गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *